चीनद्वारा संयुक्त राष्ट्र संघ केन्द्रिय आपतकालीन कोषलाई रकम सहयोग उपलब्ध गराउँदैजाने प्रतिबद्धता
2023-12-07 14:46:59cri
Share with:

संयुक्त राष्ट्र संघकालागि चीनका स्थायी उपप्रतिनिधि ताइ पिङले डिसेम्बर ६ तारिख संयुक्त राष्ट्र संघअन्तर्गत केन्द्रिय आपतकालीन कोषको उच्च स्तरीय चन्दा सङ्कलन सम्मेलनमा चीनले उक्त कोषला रकम सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

हाल अन्तर्राष्ट्रिय समाजसमक्ष द्वन्द्व, प्रकोप, महामारी आदि चुनौतीको सामना गर्न विश्वभर मानवीय आवश्यकताको माँग बढ्दैजाँदा संयुक्त राष्ट्र संघ केन्द्रिय आपतकालीन कोषले द्रुत गतिमा तथा स्वतन्त्र रूपमा सहयोग् रकमला विभाजन गरेर प्रायशः आपतकालीन अवस्थामा पहिलो उद्धार गरेको उपप्रतिनिधि ताइ पिङले बताउनुभएको छ। प्रकोपग्रस्त तथा पीडित मानिसला सबलरूपमा आपतकालीन उद्धार गरेको पनि उहाँले व्यक्त गर्नुभएको छ।

चीनले दृढताका साथ उक्त कोषको कामला समर्थन दिँदैजाने तथा कोषलासक्दो स्वैच्छिक चन्दा दिने पनि ताइ पिङले बताउनुभएको छ।