जलवायु परिवर्तनमा चीन महत्त्वपूर्ण भूमिका खेल्दै
2023-12-07 11:05:05CRI
Share with:

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) छलफलको महत्वपूर्ण चरणमा छ। ऊर्जा, प्रविधि तथा पूंजी दिन, जलवायु परिवर्तन अनुकूलन गर्न लगायतका विषयवस्तुमा केन्द्रित रहेर जलवायु सम्मेलनका आयोजक तथा चिनियाँ प्रतिनिधिमण्डलको सहकार्यमा विभिन्न गतिविधि आयोजना भइरहेका छन्।

सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू, विभिन्न देशका अधिकारीहरू तथा परोपकारी संस्थाका प्रतिनिधिहरूले जलवायु परिवर्तनको सामना, सर्कुलर अर्थव्यवस्थाको प्रवर्द्धन, नवीकरणीय ऊर्जाको विकास र सम्बद्ध अन्तर्राष्ट्रिय सहयोगको बढावा लगायतका क्षेत्रमा चीनको महत्वपूर्ण भूमिका तथा योगदानको उच्च प्रशंसा गरेका छन्।

यसबारे चर्चा गर्दै वल्ड मेटिओरोलोजिकल अर्गनाइजेशनका अध्यक्ष अब्दुल्ला अहमद अल्मांडौसले भन्नुभयोः मलाई लाग्छ कि चीनले राष्ट्रिय प्रारम्भिक चेतावनी कार्य योजनामा ठूलो भूमिका खेलेको छ। चीनले गरेको काम, प्रदान गरेको प्रविधि र यस कार्य योजनाको कार्यान्वयनलाई अघि बढाउने क्षेत्रमा प्रयास गरेकोमा डब्ल्यूएमओ धेरै आभारी छ। सौर्य, नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा भएका समस्याहरूको चीनले गम्भीरतापूर्वक सामना गरिरहेको छ र सही मार्गमा भएको मेरो ठहर छ।

विश्वव्यापी जलवायु व्यवस्थापनमा चीनले गरेको योगदान सबैका लागि स्पष्ट छ र वायु ऊर्जा, फोटोवोल्टिक ऊर्जाबाट जलविद्युतको उत्पादन तथा बायोमास ऊर्जाबाट विद्युत उत्पादनको क्षमतामा धेरै वर्षदेखि चीन विश्वमा पहिलो स्थानमा रहिरहेको छ। जसबाट विश्वव्यापी नवीकरणीय ऊर्जा विकासको लागतलाई धेरै कम गराइएको छ। यसबारे चर्चा गर्दै स्वीडिस ऊर्जा एजेन्सीका पूर्व निर्देशक थोमस काबर्गले चीन सम्बन्धित क्षेत्रमा विश्वकै अग्रणी भएको बताउनुभयो।

नवीकरणीय ऊर्जा क्षेत्रमा एक पूर्ण नयाँ प्रक्रिया सुरु भइरहेको छ। यसबारे उल्लेख गर्दै अबु धाबी फ्यूचर इनर्जी कम्पनीका प्रथम संचालक अधिकारी अब्दुल अजीजले भन्नुभयोः यस क्षेत्रमा हासिल गरिएका धेरै उपलब्धिहरूको श्रेय चीन र अन्य देशहरू बीचको सहयोगलाई दिनुपर्छ।