नेपालमा लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी तीव्र
2023-12-07 15:46:03cri
Share with:

बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा पुस ५ गतेदेखि हुन लागेको लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ। ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ नारासहित पुस ५ गतेदेखि १८ गतेसम्म चल्ने मेलामा ५०० बढी स्टल रहने र ५० करोडको कारोबार हुने लक्ष्य रहेको संघले जनाएको छ ।

 मेला आयोजक रुपन्देही व्यापार संघले बुधबार मेला स्थलमा गरेको पत्रकार सम्मेलनमा मेला मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका स्टल रहने निश्चित भएको र अन्य देशका स्टल पनि सहभागी गराउन पहल भइरहेको अध्यक्ष घिमिरेले बताउनुभयो।

 मेलामा साना तथा घरेलु उद्योग, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, मोबाइल, सूचना प्रविधि, टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर,फर्निचर तथा फर्निसिङ, निर्माण सामग्री, शैक्षिक,  स्वास्थ्य, बैंक तथा वित्तीय संस्था र होटल तथा रेस्टुरेन्टका ‘मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य छ,’ घिमिरेले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलको स्थायी संरचनामा पहिलोपटक मेला हुन लागेकाले यसपटक विगतभन्दा स्तरीयता र फरकपन दिन्छौं ।’

मेलामा बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदा तथा सथलको प्रचारप्रसारसमेत गरिने अनलाइनखबरले जनाएको छ।