सी चिनफिङद्वारा मडागास्करको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा राजोलिनालाई बधाई सन्देश
2023-12-07 09:37:35cri
Share with:

डिसेम्बर ५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एन्ड्री निरिना राजोलिनालाई बधाई सन्देश पठाउनुहुँदै उहाँ मडागास्करका राष्ट्रपतिको पदमा निर्वाचित हुनुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ।

सीले चीन र मडागास्करबीच परम्परागत मित्रता रहेको र हालका वर्षहरूमा दुई पक्षको साझा निर्देशनमा दुई मुलुकको सम्बन्ध तीव्र रुपमा विकास भएको तथा विभिन्न क्षेत्रमा दुई मुलुकको आदान-प्रदान र सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको साथै दुई पक्षले केन्द्रीय हित र ठूला समस्याहरूमा एक अर्कालाई समर्थन दिएको बताउनुभयो।

राष्ट्राध्यक्ष सीले चीन र मडागास्करबीचको सम्बन्धलाई महत्व दिनुहुँदै राष्ट्रपति राजोलिनासँग मिलेर दुई मुलुकको चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर रुपमा विकास गर्न अगाडि बढाउने कुरामा जोड दिनुभयो।