भविष्यमा चीनले विभिन्न मुलुकको कम कार्बन विकासलाई अझ ठूलो योगदान गर्ने
2023-12-07 09:06:11cri
Share with:

नोभेम्बर ३० तारिखदेखि डिसेम्बर १२ तारिखसम्म संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुँदैछ। हाल चीनको परिस्थिति तथा वातावरण मन्त्रालयले चीनले जलवायु परिवर्तनको सामना नीति तथा कारवाही- २०२३ वार्षिक प्रतिवेदन सार्वजनिक गरेअनुसार, चीनले दुबई सम्मेलनको पूर्ण समर्थन गर्नुका साथै विभिन्न सदस्यसँग सहकार्य गरी संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन प्रारूप सन्धिको २८औँ सदस्य सभा अर्थात् कोप २८ को संयुक्त पालना भन्ने प्रमुख विषयलाई गहन पार्नुपर्ने आवश्यकता औंल्याएको छ। विदेशी मिडियाको व्यापक विश्लेषण अनुसार, चीनले जलवायु परिवर्तनको सामनामा  उच्च ध्यान दिई विश्व जलवायु परिवर्तनको शासनमा सक्रिय उपलब्धि हासिल गरेको छ।

अमेरिकाको कूटनीतिक द्विमासिक वेभसाइटका अनुसार, सन् २०२४ चीनले जलवायु परिवर्तनको सामना गर्ने मुख्य अवसरको रूपमा सबैले सम्झना गर्ने संभावना छ। हाल जारी भएको वार्षिक विश्व ऊर्जा दृष्टिकोण प्रतिवेदन अनुसार, चीनको जीवाष्म ईन्धन (कोइला)को प्रयोग मात्रा सन् २०२४ सम्म उच्चतहमा पुग्ने र सन् २०२५ देखि घट्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले अनुमान गरेको छ। अमेरिकी कूटनीतिक वेभसाइटमा उल्लेख गरेअनुसार, चीनमा कोइलाको स्थिति प्रतिस्थापन भइरहेको छ भने चीनको नवीकरणीय ऊर्जा उत्पादन असाधारण गतिमा बढिरहेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गरेको प्रक्षेपण अनुसार चीनमा सन् २०२५ सम्ममा नयाँ माग पूरा गर्न पर्याप्त वायु र सौर्य ऊर्जा हुनेछ, जसले गर्दा कोइला उर्जाको अतिरिक्त मागलाई प्रतिस्थापन गरिनेछ।

चीनले जलवायु परिवर्तनको सामना गर्ने अनेक व्यवहारिक तथा बलियो नीतिबाट अन्तर्राष्ट्रिय समूहलाई चीनको इमानदारी र जिम्मेवारी देखाइएको छ।

जोर्डन हुसेन बिन तलाल विश्वविद्यालयका प्रोफेसर हसन दाजाले चीनको अर्थतन्त्र उच्च गुणस्तरीय विकास अवधिमा प्रवेश भएर आर्थिक वृद्धि र वातावरण संरक्षणको संयोजन भएर दीगो विकासमा केन्द्रित भएको उल्लेख गर्नुभयो। जलवायु परिवर्तनको सामना गर्ने चीनको सक्रिय प्रयास र चीनको उच्च गुणस्तरीय विकासको मागअनुकूल रहेको छ जसले विश्वको दीगो विकासलाई पनि सक्रिय योगदान गरेको प्रोफेसर हसन दाजाले बताउनुभयो। उहाँका अनुसार, चीनले वचनको पालना गरी जलवायु परिवर्तनको सामनालाई उच्च गुणस्तरीय विकासको नयाँ मौकाको रूपमा राखेको मात्र नभई जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय वार्तामा सक्रिय रूपमा संलग्न भएर विश्व जलवायु परिवर्तनको शासन गर्न चिनियाँ बौद्धिकता र शक्ति प्रदान गरेको छ।

पाकिस्तान राष्ट्रिय पत्रिकाका अनुसार, चीनले बेल्ट एन्ड रोड हरित विकास प्रवर्द्धन, हरित पूर्वाधार, ऊर्जा र यातायात आधारित भएर विश्व जलवायु परिवर्तनको सामान गर्न योगदान गरेको छ। चीनको बेल्ट एन्ड रोड इनिसियटिभ नै विश्वलाई साझा भविष्यतर्फ ल्याउने आशाको किरण हो। साथै जलवायु परिवर्तनको सामना गर्ने अन्तर्राष्ट्रिय सहयोगको नमूना पनि हो जुन विश्वको वातावरणमा मतैक्यता हासिल गर्ने पुल बनेको उक्त पत्रिकाले उल्लेख  गरेको छ।

भविष्यमा चीनले हरित सिल्क रोडको रचना र संयुक्त राष्ट्र संघको सन् २०३० दीगो विकास लक्ष्यलाई अझै मिलाएर हरित पूर्वाधार, हरित ऊर्जालगायत क्षेत्रको व्यवहारिक सहयोगलाई गहन पारी विभिन्न मुलुकको कम कार्बन विकासलाई अझ ठूलो योगदान गर्नेछ।