चीन-युरोप सम्बन्ध उकासिएको
2023-12-08 16:34:10cri
Share with:

डिसेम्बर ७ तारिख २४औँ चीन-युरोप नेतास्तरीय वार्ता पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले युरोपेली परिषदका अध्यक्ष चाल्स मिचेल र युरोपेली संघका अध्यक्ष उरसुला भोन डेर लेयेनसँग भेटवार्ता गर्दा व्यापक रणनीतिक साझेदारी सम्बन्धमा अडिग रहेर दुई पक्ष सम्बन्धको विकास गर्नुपर्ने दोहोर्याउनुभयो। युरोपेली नेताले चीनबाट अलग हुने आशा नलिएको भन्दै चीनको दीर्घकाल र स्थीर आर्थिक विकास हुनु युरोपेली लाभसँग अनुकूल रहेको विचार लिनुभयो। पर्यवेक्षकको विचारमा बढ्दो अशान्त संसारको सामना गर्दै चीन र युरोपले संवाद र सहयोग गरी चुनौतीको सामना गर्नु नै स्वागत गर्न लायक छ।

यस वर्ष चीन-युरोपेली संघ व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको २०औँ वार्षिकोत्सव हो साथै चीन-युरोप नेतास्तरीय वार्ता प्रणाली स्थापना भएको २५औँ वार्षिकोत्सव पनि हो। विशेषज्ञका अनुसार, चीन-युरोप सम्बन्धको ऐतिहासिक समन्वयमा उभिँदा यसै चीन-युरोप नेता वर्ताको निकै महत्वपूर्ण अर्थ रहेको देखिन्छ।

 

सो अवसरमा चीनले युरोप संघलाई तीन वटा साझेदारी अर्थात् आर्थिक तथा व्यापारिक सहयोगको प्रमुख साझेदारी, वैज्ञानिक तथा प्राविधिक सहयोगको प्राथमिक साझेदारी, औद्योगिक तथा आपूर्ति श्रृंखला सहयोगको विश्वासनीय साझेदारीको रूपमा राख्ने इच्छा लिएको व्यक्त गरेको छ। युरोपेली नेताका विचारमा युरोप-चीन सहयोग आपसी हितयुक्त र समान हो र दुई पक्षले आपूर्ति तथा औद्योगिक श्रृंखलाको स्थिर र सुरक्षाको संरक्षण गर्न संयुक्त रूपमा प्रयास गर्ने आशा छ। वास्तवमा युरोपको लागि पनि राजनीतिकरण र संरक्षणवादलाई हटाउनु सबैभन्दा जरूरी जोखिम हो।अझ ठूलो परिप्रेक्ष्यबाट हेर्दा चीन र युरोप बहु-ध्रुवीकरणलाई बढाउने दुईटा प्रमुख शक्ति, विश्वव्यापीकरणको समर्थन गर्ने दुईटा प्रमुख बजार र विविधतालाई प्रोत्साहन गर्ने दुईटा प्रमुख सभ्यता हुन्, विश्वलाई बढी स्थिरता र विकासलाई बढी शक्ति प्रदान गर्ने साझा जिम्मा रहेको छ।

 २० वर्षयता चीन र युरोपबीच आवत-जावत अनुभवले प्रमाणित गरेको छ कि आपसी व्यापक रणनीतिक साझेदारी सम्बन्धको रूपमा राखिरहेर मात्र दुई पक्ष सम्बन्ध अघि बढाउन सकिन्छ। अर्को २० वर्षमा चीन र युरोपले सही बुझाइमा अडिग रहेर चिनियाँ शैलीको आधुनिकीकरण र युरोप एकीकरणलाई बढाउने प्रक्रियामा चीन-युरोप सम्बन्धलाई उकास्नुपर्छ जसबाट दुई पक्षका जनतालाई फाइदा पुर्याउनुका साथै विश्वलाई अरू स्थिरता र आवश्यकता प्रदान गर्न सकिन्छ।