गैर-दलीय राजनीतिज्ञका लागि गोष्ठी, सी चिनफिङको अध्यक्षता
2023-12-08 18:37:26cri
Share with:

डिसेम्बर ६ तारिखमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले पैचिङमा यस वर्षको आर्थिक अवस्था र आगामी वर्षको आर्थिक कार्यको बारेमा गैर-दलीय राजनीतिज्ञहरूका लागि प्रजातान्त्रिक पार्टीहरूको केन्द्रीय समितिहरू, अखिल चीन उद्योग तथा वाणिज्य महासंघका नेताहरू र निर्दलीय प्रतिनिधिहरूको रायसुझावहरू सुन्नको लागि गोष्ठी आयोजना गरेको छ।

 चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यहरू ली छ्याङ, वाङ हुनिङ, छाइ छी र तिङ स्वेस्याङले गोष्ठीमा भाग लिनुभयो। ली छ्याङले यस वर्षको आर्थिक कार्यको प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको आर्थिक कार्यका लागि सान्दर्भिक विचारहरू प्रस्तुत गर्नुभयो।

 सबैको भाषण ध्यानपूर्वक सुनेपछि सी चिनफिङले महत्वपूर्ण भाषण दिनुभयो। उहाँले यस वर्षको आर्थिक कार्यमा भएका उपलब्धिलाई सबैले पूर्णरुपमा बुझेको र आगामी वर्षको आर्थिक कार्यका बारेमा धेरै राम्रा सुझाव राखेको बताउनुभयो। यसलाई ध्यानपूर्वक अध्ययन र अवशोषित गर्ने पनि उहाँले बताउनुभयो। सी चिनफिङले यो वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको भावनालाई पूर्णतया कार्यान्वयन गर्ने पहिलो वर्ष भएको र कोभिड–१९ रोकथाम र नियन्त्रणको तीन वर्षपछिको आर्थिक पुनरुत्थान र विकासको वर्ष पनि भएको बताउनुभयो। उहाँले चीनले सामना गरिरहेको विकास अवस्था जटिल रहेको भन्दै अन्तर्राष्ट्रिय राजनीतिक र आर्थिक वातावरणमा बढ्दो प्रतिकूल कारक तथा घरेलु चक्रीय र संरचनात्मक विरोधाभासहरू रहेको बताउनुभयो।

 चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले चुनौतीको सामना गर्न, व्यापक सुधार र खुलापन, घरेलु मागको विस्तारमा ध्यान केन्द्रित गर्न र संरचना समायोजन गर्न देशभरका सबै जातीय समूहका जनतालाई एकताबद्ध र नेतृत्व गरेको छ। चीनको अर्थतन्त्र सामान्यतया राम्रोको लागि पुनरुत्थान भएको छ र उच्च गुणस्तरको विकास ठोस रूपमा अगाडि बढेको पनि उहाँले औंल्याउनुभयो।