संयुक्त राष्ट्रसंघको सम्मेलन व्यापार डिजिटलीकरण र सीमा पार ई-वाणिज्यमा केन्द्रित
2023-12-08 14:39:07CRI
Share with:

स्विजरल्याण्डको जेनेभामा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनले (युएनसीटीएडी) डिसेम्बर ४-८ 'इ–कमर्स सप्ताह' आयोजना गरेको छ। ७ तारिख आयोजित उप-मञ्चमा अन्तर्राष्ट्रिय संस्था, राजनीतिक, व्यापारिक र प्राज्ञिक क्षेत्रका १०० भन्दा बढी प्रतिनिधिले व्यापार डिजिटलीकरण र सीमापार ई–कमर्शका बारेमा आदानप्रदान र संवाद गरी विश्वव्यापी आर्थिक तथा व्यापारिक सहयोग प्रवर्द्धनमा डिजिटल प्रविधि विकासको भूमिका महत्त्वपूर्ण रहेको व्यक्त गरेका छन्।

७ तारिख आयोजित "व्यापार डिजिटलीकरण र सीमा पार ई-कमर्स विकास गोलमेच सम्मेलन"मा, "नयाँ प्रवृत्ति", "नयाँ प्रतिभा" र "नयाँ अनुप्रयोग" भन्ने ३ वटा संवाद गरिएको छ। सो अवसरमा सहभागीहरूले व्यापार डिजिटलीकरण र सीमा पार ई-कर्मस क्षेत्रमा नयाँ प्रवृत्तिहरूको बारेमा छलफल गर्दै भावि विकासबारे राय सुझाव दिएका छन्।

चीन इ-कर्मस संघका अध्यक्ष वाङ निङले गोलमेच सम्मेलनमा सम्बोधन गर्दै व्यापार डिजिटलीकरण विश्व व्यापारको वृद्धिमा समर्थन दिने महत्वपूर्ण प्रेरक शक्ति भएको विचार व्यक्त गर्नुभयो। विश्वका विभिन्न देशहरूले संयुक्त रूपमा व्यापार डेटा मानक, मापदण्ड र सुरक्षा प्रणालीको निर्माण गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो।