संयुक्त राष्ट्र संघका स्थायी चिनियाँ प्रतिनिधिद्वारा अन्तर्राष्ट्रिय समाजलाई संयुक्त रूपमा अन्तरदेशीय संगठित अपराधविरुद्ध लड्न आह्वान
2023-12-08 14:37:50CRI
Share with:

चीनका संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि चाङ चुनले डिसेम्बर ७ तारिख सुरक्षा परिषदमा अन्तर्राष्ट्रिय संगठित अपराधबारेको खुला बहसमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय समाजले सहकार्यकालागि शक्ति थप्नुपर्ने तथा संयुक्त रूपमा अन्तर्राष्ट्रिय संगठित अपराधविरुद्ध लड्न आह्वान गर्नुभएको छ।

चाङ चुनले वर्तमान अन्तर्राष्ट्रिय संगठित अपराधको सम्बन्ध र आपराधिक विधिहरूको जटिलता र व्यावसायिकता निरन्तर बढिरहेको र यो आतंकवादसँग गाँसिएको तथा हानी र खराबीहरूको प्रभाव विस्तार भइरहेको बताउँदै यसलाई अन्तर्राष्ट्रिय समाजले उच्चस्तरीय निरीक्षण गर्नुपर्ने औँल्याउनुभयो। साझा, व्यापक, सहकार्य र दिगो सुरक्षाको अवधारणालाई पालना गर्नुपर्ने, ऐक्यबद्धता र सहयोगलाई सुदृढ पार्नुपर्ने, अन्तरदेशीय संगठित अपराधविरुद्ध लड्न र साझा सुरक्षा कायम गर्नुपर्ने पनि बताउनुभयो। चालु वर्ष अन्तरदेशीय संगठित अपराधविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि लागू भएको २० औँ वार्षिकोत्सव हो। चाङ चुनले व्यक्त गर्नुभएको छ कि विगत २० वर्षमा, यो महासन्धि प्रभावशाली र आधिकारिक बन्दै गएको छ जुन अन्तर्राष्ट्रिय समाजलाई अन्तर्राष्ट्रिय अपराधविरूद्ध महत्वपूर्ण प्लेटफर्म बनेको छ। नयाँ प्रविधिको विकाससँगै दूरसंचार जालसाजी, अनलाइन जुवा, अवैध बैंकजस्ता निरन्तर अन्तर्राष्ट्रिय अपराध बढिरहेकाले बहुपक्षीय र द्विपक्षीय शक्ति थप्नुपर्छ, ठोस सहकार्यको सञ्जाल बनाउनुपर्छ, अन्तर्राष्ट्रिय संगठित अपराध घटाउनुपर्छ। सम्बन्धित मुलुकले अरु मुलुकको अपराधविरूद्ध लड्न न्यायिक सहयोगकालागि आफ्नो क्षेत्रलाई अपराधीहरूकालागि "सुरक्षित आश्रय" बनाउन हुँदैन साथै सकारात्मक प्रतिक्रिया दिनुपर्दछ, उहाँले उल्लेख गर्नुभएको छ। 

सम्बोधनमा, चाङ चुनले चीनले सबै पक्षहरूसँग मिलेर जटिल सुरक्षा चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न र विश्वमा दिगो शान्ति हासिल गर्न प्रयास जारी राख्ने बताउनुभएको छ।