लानछाङ च्याङ-मेकोङ नदी सहयोगसम्बन्धी आठौँ विदेशमन्त्री सम्मेलन पैचिङमा
2023-12-08 10:37:56cri
Share with:

लानछाङ च्याङ - मेकोङ नदी सहयोगसम्बन्धी आठौँ विदेश मन्त्रीहरू सम्मेलन डिसेम्बर ७ तारिख पैचिङमा आयोजना भएको छ। चीनका परराष्ट्र मन्त्री वाङ यी र म्यान्मारका उप प्रधानमन्त्री एवम् विदेश मन्त्री तानस्वैले  उक्त सम्मेलनको संयुक्त रुपमा अध्यक्षता गर्नुभएको छ। कम्बोडियाका उप प्रधानमन्त्री एवम् विदेश मन्त्री सोक चेन्डा सोफे, थाइल्याण्डका उप प्रधाननमन्त्री एवम् विदेश मन्त्री बान्बी, भियतनामका विदेश मन्त्री बुइ थान सोङ, लाओस पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री थोङ शा वानले पनि उक्त सम्मेलनमा भाग लिनुभएको छ।

वाङ यीले राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको आत्मीयता, ईमानदारी, पारस्परिक लाभ, सहिष्णुताको छिमेकी कुटनीति सिद्धान्तलाई चीनले दृढताका साथ पालना गर्ने, मेकोङ नदीका मुलुकहरूसँग मिलेर शान्ति र समृद्धितर्फ लम्कने, मेकोङ नदी मुलुकहरूको भाग्य समुदायको संयुक्त रुपमा निर्माण गर्ने, “बेल्ट एण्ड रोड” नमूना क्षेत्रको निर्माण गर्ने बताउनुभयो।  

विभिन्न मुलुकका विदेश मन्त्रीहरूले मेकोङ नदीको सहयोगका लागि चीनले दिएको सकारात्मक भूमिकाको प्रशंसा गर्नुभयो।