जाम्बियाकी केटी शालेटको मनमा चीन घरको महसूस
2023-12-08 09:42:40cri
Share with:

सानो उमेरमा जाम्बियाकी केटी शालेटको मनमा रहेको चीन चीन र अफ्रिकाको मित्रताको साक्षी बनेको तान्जानिया-जाम्बिया रेलमार्ग थियो। हाल शालेटका आँखामा चीनको छाप अझै ठोस छ। चीनमा वैज्ञानिक तथा प्राविधिक प्रगति, समावेष्टिक सँस्कृति र मैत्रीपूर्ण जनता छन्।

“मेरो विचारमा चिनियाँहरू निकै मैत्रीपूर्ण र दयालु हुन्। म आफ्नो घरमाउस्तै छ। मैले दिनभरि घर बिर्सेको छैन। किनभने यहाँ घरको महसूस छ।”

“घरको महसूस” जाम्बियाकी केटी शालेटले पत्रकारसँग कुराकानी गर्दै भनेको सबैभन्दा धेरै शब्द हो। अध्ययन गर्न र बस्नका लागि अफ्रिकाबाट चीन आएकी शालेटलाई चिन्त लाग्थ्यो। तर परिवारका सदस्यहरूले उनलाई धेरै प्रोत्साहन र समर्थन दिए। सानो उमेरमा शालेटले उनकी आमासँग चीनद्वारा निर्माण गरिएको तान्जानिया-जाम्बिया रेलमार्गद्वारा नातेदारसँग भेट्न तान्जानिया गइन्। केही वर्षअघि शालेटका बुबाले चीनको भ्रमण गर्नुभयो। बुबाले उनसँग चीनमा देखेको सामग्री भन्नुभयो।

उनका फुपाजु चिनियाँ हुन्। फुपाजुले शालेटलाई चीनको विश्वविद्यालयको निवेदन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। शालेट भन्छिन् “मेरो फुपाजुले चीनको प्रविधि अझै अत्याधुनिक छ, अध्ययन गर्न चीन जानुले चीनको सँस्कृतिको अनुभव गर्ने र चीनबारे जानकारी लिने मौका पाउनसक्ने कुरा बताउनुभयो। मेरो बुबाले चीनसँग चीनको कथा भन्नुभयो। मेरो बुबाले भन्नुभएअनुसार, चीनमा मानिसले मोबाइलद्वारा भुक्तानी गरेका र थोरै मौकामा पैसाको प्रयोग गरेका छन्।”

सन् २०१९मा शालेटले अध्ययन गर्न फु चेन प्रान्तीय श्या मनस्थित व्हा छ्याउ विश्वविद्यालय गए। विश्वविद्यालयमा पढेको अघिल्ला तीन वर्षमा शालेटले चिनियाँ भाषा सिक्न प्रयास गरिन्। चीन पुगेको अवस्थाको सिँहावलोकन गर्दै शालेटले चिनियाँ शिक्षकशिक्षिका र सहपाठीप्रति आभारी व्यक्त गरिन्। शिक्षकशिक्षिका र सहपाठीले शालेटलाई प्रोत्साहन र समर्थन दिएका छन्। शालेट भन्छिन् “शुरूमा सजिलो भएन। तर शिक्षकशिक्षिका र सहपाठीले मलाई धेरै मद्दत दिए। खास गरी मेरा सहपाठीहरू। कहिले काहीँ मैले चिनियाँ भाषाद्वारा गलत कुरा भनेँ। मेरा सहापाठीहरूले मसँग भने र मलाई सिके। चिनियाँ भाषा सिकेको क्रम रमाइलो भयो तर सजिलो भएन। मैले चिनियाँ भाषा सिकेको जटिल क्रम सफलताका साथ पास गरेँ।”

हाल शालेट व्हा छ्याउ विश्वविद्यालयअन्तर्गत कम्प्युटर प्रतिष्ठानका दोस्रो वर्षकी विद्यार्थी हुन्। उनको चिनियाँ नाम ली यीसिन हो। हाल शालेटले श्या मनको जीवन सुहाएका छिन्। उनी भन्छिन् “श्या मनको दृश्य सुन्दर छ। खाना पनि राम्रो छ। मैले पीरो खाना खान्दैन। श्या मन एक मैत्रीपूर्ण शहर हो। यहाँको सामानको भाउ उच्च होइन। यहाँको जीवन सुविधाजनक छ। श्या मन एक आरामदायक शहर हो।”