बेइजिङ हिउँदे ओलम्पिक खेलस्थल
2023-12-08 09:42:40CRI
Share with:

यो शौकाङ पार्क आज एउटा प्रसिद्ध स्टील मिलबाट प्रविधि, संस्कृति, वाणिज्य र खेल उद्योगमा रूपान्तरण भएको छ। यो विश्वमा शहरी नवीकरणको उदाहरणसमेत बनेको छ।

१०० वर्ष पुरानो स्टील मिललाई वायु प्रदूषणको मुख्य स्रोत भएबाट सन् २००५ देखि नै स्थानान्तरण थालिएको थियो र सन् २०१० मा कारखाना बन्द गरिएको थियो।

यही क्षेत्रभित्र सन् २०२२ बेइजिङ हिउँदे ओलम्पिककालागि खेल स्थलको निर्माण पनि गरिएको थियो। यहाँ हिउँदे ओलम्पिक अन्तर्गत केही प्रतिस्पर्धा भएका थिए। ओलम्पिकपछि यो शौकाङ एउटा खेल पार्कमा परिणत गरिएको छ साथै सर्वसाधारणका लागि खुला पनि गरिएको छ।

 

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/