फिलिपिन्सको जहाज जानाजानी चिनियाँ सामुद्रिक प्रहरीको डुङ्गासँग ठोक्किएकोबारे चीनको प्रतिकृया
2023-12-10 16:13:18cri
Share with:

डिसेम्बर १० तारिख फिलिपिन्सका २ वटा समुद्री प्रहरी जहाज, एउटा आधिकारिक जहाज र एउटा ढुवानी र पुनआपूर्ति जहाजले चीन सरकारबाट निषेधित क्षेत्र नान्शा टापुहरूको रेनआई चट्टान नजिक समुद्री क्षेत्रमा अवैधानिक रूपमा प्रवेश गरेको छ। त्यसपछि चिनियाँ समुद्री प्रहरीले फिलिपिनी जहाजलाई नियन्त्रण गरेको छ।

 ५ बजेर ३९ मिनेट जाँदा फिलिपिन्स “युनाचा मेइ” नं १ जहाजले चीनको धेरै पटकको कडा चेतावनीको वेवास्ता गरी समुद्रमा टकराव रोक्ने अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन गरी अव्यवसायिक र खतरनाक तरिकामा अचानक रूपमा दिशा परिवर्तन गरी सामान्य रूपमा सामान्य कानून प्रवर्तन चिनियाँ समुद्री प्रहरीको २१५५६ जहाजसँग टक्कर दिई घर्षण उत्पन्न गरेको छ जसको जिम्मा पूर्ण रूपमा फिलिपिन्सले लिनुपर्छ।