चीनबाट सिक्ने ज्ञान र प्रविधिलाई जाम्बिया पुर्याउने जाम्बियाकी केटी शालेटको इच्छा
2023-12-11 11:48:10cri
Share with:

“घरको महसूस” जाम्बियाकी केटी शालेटले पत्रकारसँग कुराकानी गर्दै भनेको सबैभन्दा धेरै शब्द हो। अध्ययन गर्न र बस्नका लागि अफ्रिकाबाट चीन आएकी शालेटलाई चिन्त लाग्थ्यो। तर परिवारका सदस्यहरूले उनलाई धेरै प्रोत्साहन र समर्थन दिए। सानो उमेरमा शालेटले उनकी आमासँग चीनद्वारा निर्माण गरिएको तान्जानिया-जाम्बिया रेलमार्गद्वारा नातेदारसँग भेट्न तान्जानिया गइन्। केही वर्षअघि शालेटका बुबाले चीनको भ्रमण गर्नुभयो। बुबाले उनसँग चीनमा देखेको सामग्री भन्नुभयो।

 

उनका फुपाजु चिनियाँ हुन्। फुपाजुले शालेटलाई चीनको विश्वविद्यालयको निवेदन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। शालेट भन्छिन् “मेरो फुपाजुले चीनको प्रविधि अझै अत्याधुनिक छ, अध्ययन गर्न चीन जानुले चीनको सँस्कृतिको अनुभव गर्ने र चीनबारे जानकारी लिने मौका पाउनसक्ने कुरा बताउनुभयो। मेरो बुबाले चीनसँग चीनको कथा भन्नुभयो। मेरो बुबाले भन्नुभएअनुसार, चीनमा मानिसले मोबाइलद्वारा भुक्तानी गरेका र थोरै मौकामा पैसाको प्रयोग गरेका छन्।”

 

सन् २०१९मा शालेटले अध्ययन गर्न फु चेन प्रान्तीय श्या मनस्थित व्हा छ्याउ विश्वविद्यालय गए। हाल शालेट व्हा छ्याउ विश्वविद्यालयअन्तर्गत कम्प्युटर प्रतिष्ठानका दोस्रो वर्षकी विद्यार्थी हुन्। उनको चिनियाँ नाम ली यीसिन हो। हाल शालेटले श्या मनको जीवन सुहाएका छिन्।

 

चीनमा बसोबास गरेको चार वर्षमा शालेटले पनि चीनको विभिन्न क्षेत्रको अवलोकन गर्ने आशा लिइन्। चालू वर्षको गृष्मकालीन विदामा शालेट शांगहाई गइन्। शालेट भन्छिन् “शांगहाई गएको कारण मेरा साथीहरूले मसँग धेरै पटक शांगहाई भने। शांगहाई सुन्दर छ। मैले तोङ फाङ मिङ चु टावर, शांगहाई केन्द्र भवन हेरेँ। ती दृश्य मैले पहिले चलचित्रमा देखेँ। हाल मैले आँखाले हेर्ने मौका पाएँ। मलाई खुशी लाग्यो।”

 

चीन र जाम्बिया परम्परागत मैत्रीपूर्ण “सबै मौसमको मित्र” हुन्। जाम्बिया चीनसँग दौत्य सम्बन्धको स्थापना गरेको पहिलो दक्षिणी अफ्रिकी मुलुक हो। शालेट भन्छिन् ““बेल्ट एण्ड रोड” प्रस्तावको निर्देशमा चीनले जाम्बियालाई राजमार्ग, विमानस्थलको निर्माण गर्न मद्दत दिएको, कृषि र उत्पादन व्यवसायमा लगानी लगाएको छ। ती प्रयासले जाम्बियाको आर्थिक विकास बढाएको छ। धेरै जाम्बियाली विद्यार्थीहरूले चीनमा अध्ययन गरेका छन्। चीनको सामान विश्वतर्फ बिक्री गरिएको छ। जाम्बियाले चीनसँग सिक्नुपर्छ।”

 

शालेटको जन्मथलो जाम्बियाको तेस्रो शहर एवम् औद्योगिक शहर  एनटोला हो। शालेटकाअनुसार, भविष्यमा उनले चीनमा सिकेको ज्ञान र प्रविधि लिएर जन्मथलो फर्कने र आफ्नो जन्मथलोको निर्माण गर्ने अपेक्षा लिइन्। उनी भन्छिन्“मैले चीनमा नयाँ जीवनयापन तरीकाको अनुभव गरेँ र धेरै सामग्री सिकेँ। भविष्यमा मैले सुचारु रुपमा स्नातक हुनसक्ने र चीनमा सिकेको ज्ञान र प्रविधिलाई जाम्बिया पुर्‍याउने आशा लिएँ।”