विश्व स्वास्थ्य संगठनकालागि चीनका राजदूत छन स्यूद्वारा प्यालेस्टाइन र इजराइल विशेष सम्मेलनमा चीनको अडानबारे व्याख्या
2023-12-11 10:21:36cri
Share with:

डिसेम्बर १० तारिख, विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डले प्यालेस्टाइनमा कब्जा गरिएको भूमिमा स्वास्थ्य अवस्थाबारे विशेष सम्मेलन जेनेभामा आयोजना गरेको छ। चीनका स्थायी प्रतिनिधि राजदूत छन स्यूले उक्त सम्मेलनला सम्बोधन गर्नुभएको छ।

उहाँले सम्मेलनको शीर्षकमा केन्द्रित रहेर तीन बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। पहिलो, सबैभन्दा जरूरी भनेको युद्ध विराम र हिंसात्मक गतिविधि रोक्ने हो। दोस्रो, सबैभन्दा महत्वपूर्ण स्वास्थ्य संकटको समाधान गर्नुपर्छ। तेस्रो, शान्तिपूर्ण सहअस्तित्वकालागि प्यालेस्टाइन र इजराइल समस्याको समाधान एक मात्रै उपाय हो। चीनले गाजाका जनताको आवश्यकता अनुसार, मानवीय उद्धार तथा सहायता प्रदान गर्दैजाने पनि राजदूत छन स्यूले बताउनुभयो।