चालु वर्ष चीनको खाद्यान्नको कुल उत्पादित मात्राद्वारा नयाँ ऐतिहासिक किर्तिमानको सिर्जना
2023-12-11 10:23:03CRI
Share with:

देशभरका जम्मा ३१ प्रान्त र शहरको सर्वेक्षण अनुसार, सन् २०२३ चीनको अन्न रोपण क्षेत्रफल, औसत क्षेत्रफलको उत्पादित मात्रा र कुल उत्पादित मात्राले बेग्लाबेग्लै गरी नयाँ ऐतिहासिक रेकर्डको सिर्जना गरेका छन्। चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले उक्त तथ्याङ्क सार्वजनिक गरेको छ।

 

पहिलो, देशभर अन्न रोपण क्षेत्रफल १ लाख १८ हजार ९६९ हेक्टर पुगेको छ। गत वर्षको तुलनामा ६३६ हेक्टर थपिएको छ भने ०.५ प्रतिशतले वृद्धि भएको छ।

 

दोस्रो, देशभर खाद्यान्नको औसत क्षेत्रफलको उत्पादित मात्रा प्रति हेक्टर ५८४५ केजी पुगेको छ। गत वर्षको दाँजोमा प्रति हेक्टर ४३.६ केजी थपिएको छ भने ०.८ प्रतिशतले वृद्धि भएको छ।

 

तेस्रो, देशभर खाद्यान्नको कुल उत्पादित मात्रा ६९ करोड ५४लाख१० हजार टन पुगेको छ। जुन मात्रा गत वर्षको तुलनामा ८८लाख८० हजार टन थपिएको छ र १.३ प्रतिशतले वृद्धि भएको छ।