सीमा क्षेत्रका वासिन्दा सुखमय गीत गाउँदै-२
2023-12-11 11:46:01cri
Share with:

सान च्या गाउँ चीन र म्यानमारको सिमा क्षेत्रमा अवस्थित युननान प्रान्तीय थङ छुङ शहरीय छिङश्वी बस्तीमा पर्दछ। त्यो हान जाति र वा जाति मिश्रित बसोबास क्षेत्र हो। वा जातीय भाषामा यो गाउँको नामको उच्चारण समोला हो र यसको अर्थ सुखमय ठाउँ भन्ने हो।

तर करिब ३० वर्षअघि गाउँलेहरू घाँसबाट बनाइएको झुपडीमा बस्थे। चीनको गरिबी निवारण अभियान सुरू भएदेखि गाउँमा कार्यरत अधिकारीहरूले गाउँको अवस्थाबारे विश्लेषण गरेर थङ छुङ शहरका लागि स्वास्थ्य पर्यटनको दिशा तोकेको छ। स्थानीय विकास लक्ष्यमा “आधारभूत प्रबन्धको पूरा गर्ने, विशेषतायुक्त उद्योगको विकास गर्ने र बसोबास वातावरणको सुधार गर्ने” निश्चित गरिएको छ। हाल सानच्या गाउँमा प्रवेश गर्ने सडक सफा हुनुका साथै वा जातीय भवन विचित्र तथा सुन्दर देखिन्छन्। विशेषतायुक्त साँस्कृतिक पर्यटनमार्फत् गाउँलेहरूको जीवन झन् झन् राम्रो बन्दैआएको छ।

पहिला समोला वा जातीय गाउँका ७३ प्रतिशत गाउँलेहरू बाहिर काम गर्दथे। हाल गाउँले “समोला सुखमय वा जातीय बस्तीको पर्यटन सहकारी संघ”को स्थापना गरेर गाउँलेहरूले “पर्यटन खाना” खान थालेका छन्। कृषि तथा पर्यटन मिलेको नमूना क्षेत्र, श्रेष्ठ चिया उद्योगको विकास क्षेत्र, टेरेसबाट उत्पादित श्रेष्ठ धान क्षेत्रलगायत उद्योग क्षेत्रहरूले गाउँलेको आम्दानी बढाएका छन्। गत वर्ष समोला वा जातीय गाउँका बासिन्दाको सरदर आय १९ हजार युआन पुगेको छ। जुन सन् २०१९को तुलनामा ६५ प्रतिशतले वृद्धि भएको छ।

 

   “व्यवसायको विकासले मान्छेहरूको विचारधारामा पनि परिवर्तन गरेको छ।” छिङश्वी जिल्लाका उपप्रमुख एवम् सान च्या गाउँका प्रमुख चाउ च्याछिङले बताउनुभयो। केही वर्षयता विभिन्न तहका सरकारको समर्थनमा क्षमता भएका सबै गाउँलेहरूले गाउँको व्यवसायमा भाग लिएका छन्। गाउँलेले बाहिरी पक्षसँगको सम्पर्क अझै घनिष्ट हुनुका साथै विचारधारा अझै खुला बन्दैछ।

 

सुखमय कफी शप, सुखमय रेस्टुरेण्ट, सुखमय बार्बीक्यू... सान च्या गाउँमा विभिन्न व्यवसायले हजारौंलाई रोजगारी दिएको छ। गाउँले लो आएयानले बाहिरी जिल्लामा काम गर्दैथिन् र कफी चाख्न पाएकी थिइनन्। गाउँ फर्केर तालिम लिएपछि उनी गाउँको पहिलो कफी मास्टर बनेकी छन्। पर्यटकलाई अझ राम्रो अनुभव दिनका लागि चालू वर्ष उनले होम्स्टेको कोठा बढाउने योजना बनाएकी छन्।

 

 तारा भरिएको आकाशमा पर्यटक र गाउँलेहरूले हातमा हात मिलाएर बोन फायर वरिपरि नाचगान गरेका छन्। यसै तीन वर्षमा सानच्या गाउँले पटक पटक परी १५ लाख ५८ हजार पर्यटकको स्वागत गरेको छ। जसबाट सहकारी संघको आम्दानी ११ लाख ८० हजार युआन पुगेको छ। सहकारी संघका सदस्यले २ लाख ६१ हजार युआन लाभांश पाएका छन्।