पाँचौं हाई नान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर १६ देखि २२ सम्म
2023-12-11 19:12:44CRI
Share with:

चाइना मिडिया ग्रुप र हाई नान प्रान्तीय जन सरकारले संयुक्त रुपमा आयोजना गर्ने पाँचौं हाई नान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर १६ तारिखदेखि २२ तारिखसम्म हाई नान प्रान्तीय सान या शहरमा आयोजना हुने भएको छ।

यस पटकको चलचित्र महोत्सवमा उदघाटन समारोह, स्वर्ण कोकोनाट पुरस्कारको प्रतियोगिता, चलचित्रको प्रदर्शन, स्वर्ण कोकोनाट मञ्च, समापन समारोह र स्वर्ण कोकोनाट पुरस्कारको वितरण समारोहको आयोजना गरिने छ।