“चीन र भियतनामको अन्तर्क्रिया” प्रसारण
2023-12-11 17:06:09CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले भियतनामको राजकीय भ्रमणको पूर्वसन्ध्यामा चीन र भियतनामका सञ्चार-माध्यमहरूबीचको नयाँ चरणको सहयोगको उदघाटन समारोह डिसेम्बर ११ तारिख भियतनामको हनोइमा आयोजना भएको छ। सो अवसरमा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले भिडियो सम्बोधन गर्नुभएको छ। भियतनामको आवाज रेडियोका निर्देशक तु शचिनले लिखित सम्बोधन गर्नुभएको छ। भियतनामको आवाज रेडियोका उप निर्देशक ऊ मिङशेन, भियतनामको डिजिटल टेलिभिजनका निर्देशक छन तछङ र चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएनका उप-प्रधान सम्पादक एवम् एशियाली तथा अफ्रिकी भाषा तथा कार्यक्रम केन्द्रका निर्देशक आन श्याउयुले उक्त कार्यक्रमको उदघाटन गर्नुभएको छ।

शन हाईस्युङले चाइना मिडिया ग्रुप र भियतनामको डिजिटल टेलिभजनले संयुक्त रुपमा संचालन गरेको “चीन र भियतनामको अन्तर्क्रिया” कार्यक्रमले भियतनामका दर्शकहरूलाई चिनियाँ समाचारहरू उपलब्ध गराउने र भियतनामका दर्शकहरूले चीन र भियतनामको मैत्रीपूर्ण सहयोगले दुई मुलुकका जनताहरूलाई ल्याउने फाइदाको अनुभव गर्नसक्ने बताउनुभयो।