“सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू” दोस्रो सिजनको भियतनामी संस्करण भियतनाममा प्रसारण
2023-12-11 16:47:18CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले भियतनामको राजकीय भ्रमण गर्ने बेलामा चाइना मिडिया ग्रुपले बनाएको “सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू” दोस्रो सिजनको भयतनामी संस्करण डिसेम्बर ११ तारिखदेखि भियतनाममा प्रसारण गरिएको छ। सोही दिन भियतनामको हनोइमा आयोजित उदघाटन समारोहमा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्युङ, भियतनामको आवाज रेडियोका निर्देशक तु शचिनले बेग्ला-बेग्लै रुपमा भिडियो र लिखित सम्बोधन गर्नुभएको छ।

सो अवसरमा शन हाईस्युङले चालु वर्ष चीन र भियतनामबीच चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना भएको पन्ध्रौं वार्षिकोत्सव रहेको र दुई मुलुकका राष्ट्रनायकहरूले चीन तथा भियतनामको सम्बन्ध र द्विपक्षीय समाजवादी कार्यलाई ठूलो हित हुने कार्य अगाडि बढाउने कुरा बताउनुभएको उल्लेख गर्नुभयो। शनले चाइना मिडिया ग्रुपले “सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू” दोस्रो सिजनको भियतनामी संस्करणलाई भियतनाका दर्शक उपलब्ध गराई सबै जनासँग राष्ट्राध्यक्ष सी चिनफिङको देश शासनको बुद्धि र अनुभव देखाउने कुरा बताउनुभयो।