हङकङ विशेष प्रशासनिक क्षेत्रको सातौँ क्षेत्रीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न
2023-12-11 11:41:11cri
Share with:

हङकङ विशेष प्रशासनिक क्षेत्रले डिसेम्बर १० तारिख सातौँ क्षेत्रीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ।

 

सो क्षेत्रीय संसदको निर्वाचनमा १७६ जना क्षेत्रीय समितिका सदस्यहरू र ८८ जना स्थानीय निर्वाचन क्षेत्रका सदस्यहरू सहभागी भएका छन्। हङकङ विशेष प्रशासनिक क्षेत्रको निर्वाचन मामिला आयोगका अध्यक्ष लु छि खाङले डिसेम्बर ११ तारिख सञ्चारमाध्यमसँगको भेटमा स्थानीय क्षेत्रका ११ लाख ९० हजारभन्दा बढी मतदाताले मतदानमा भाग लिएको बताउनुभयो।

 

आउने वर्ष जनवरी १ तारिख हङकङ विशेष प्रशासनिक क्षेत्रको सातौँ क्षत्रीय संसदले आधिकारिकरूपमा आफ्नो कार्यभार ग्रहण गर्ने छ।