चीनले मानव अधिकारलाई निरन्तर रुपमा बढाउँदै संरक्षण गर्ने
2023-12-11 18:30:32CRI
Share with:

डिसेम्बर ११ तारिख विश्व मानव अधिकार दिवस हो। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनमा पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफ दिँदै चीनले जनतालाई केन्द्रमा राख्ने मानव अधिकार अवधारणा पालना गरेको बताउनुभयो। उहाँले  जनताको सुखमय जीवन सबैभन्दा ठूलो मानव अधिकार हो भन्ने अवधारणामा अडिग लागेको र सम्पन्न समाजको चौतर्फी निर्माण पूरा गरेको बताउँदै मानवको इतिहासमा सबैभन्दा ठूलो परिमाणको गरिबी निवारण युद्धबाट पराजित गरेको, विश्वको सबैभन्दा ठूलो परिमाणको शिक्षा प्रणाली, सामाजिक सुनिश्चितता प्रणाली र चिकित्सा प्रणालीको निर्माण पूरा गरेको अनि जनताको आबास वातावरणको सुधार गरेको उल्लेख गर्नुभयो।

प्रवक्ता माउ निङले चीनले मानव अधिकारलाई निरन्तर रुपमा र दृढताका साथ अगाडि बढाउने र संरक्षण गर्ने बताउँदै समान र पारस्परिक सम्मानका आधारमा मानव अधिकारको वार्ता र सहयोग गर्ने, विभिन्न पक्षसँग सुरक्षामार्फत मानव अधिकारको संरक्षण गर्ने, विकासमार्फत मानव अधिकार बढाउने, सहयोगमार्फत मानव अधिकारलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय मानव अधिकारको स्वस्थ विकासलाई संयुक्त रुपमा प्रबर्द्धन गर्ने कुरामा जोड दिनुभयो।