सी चिनफिङ र न्येन फु ट्रोङबीच भेटवार्ता
2023-12-12 18:27:45CRI
Share with:

स्थानीय समयअनुसार डिसेम्बर १२ तारिख अपरान्ह चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले हनोइमा भियतनाम कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव न्येन फु ट्रोङसँग भेटवार्ता गर्नुभएको छ।

सी चिनफिङले महासचिव कमरेडको निमन्त्रणामा भियतनामको राजकीय भ्रमण गर्न पाउँदा खुशी लागेको बताउनुभयो।

नेता सीका अनुसार, हालैका वर्षहरूमा भियतनामको राजनीतिक स्थिति स्थिर भएको, अर्थतन्त्र तिब्र रुपमा विकास भएको, जनताको जीवनस्तर निरन्तर सुध्रिएको छ। भियतनामको समष्टिगत शक्ति र अन्तर्राष्ट्रिय स्थान स्पष्ट रुपमा बढेको छ। यसबाट भियतनामले सुधार तथा खुलापन नीति लागू गरेको चालीस वर्ष खास गरी भियतनामको कम्युनिष्ट पार्टीको तेह्रौं महाधिवेशनयता भियतनाम कम्युनिष्ट पार्टीले जनताको नेतृत्व गरी भियतनामको राष्ट्रिय अवस्थासित अनुकूल हुने समाजवादी निर्माणको बाटोमा अगाडि बढ्न गति प्रदान गरेको प्रतिविम्वित भएको छ। 

नेता सीले चीन र भियतनामको सम्बन्धमा महत्व दिएको र  भियतनामलाई छिमेकी कुटनीतिको प्राथमिकतामा राखेको बताउनुभयो।

दुई पक्षको साझा प्रयासमा चीन र भियतनामको सम्बन्धले राजनीतिक पारस्परिक विश्वास अझै उच्च हुने, सुरक्षाको सहयोग अझै व्यावहारिक हुने र पारस्परिक हित तथा सहयोग अझै गहिरो हुने नयाँ चरणमा प्रवेश गर्ने विश्वास नेता सीले व्यक्त गर्नुभयो।