चीन र भियतनामका प्रथम महिलाद्वारा भियतनामको महिला संग्रहालयको अवलोकन
2023-12-12 21:17:04CRI
Share with:

स्थानीय समय डिसेम्बर १२ तारिख अपरान्ह चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लीयुआनले हनोइमा भियतनाम कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव न्येन फु ट्रोङकी श्रीमतीसँग भियतनामको महिला संग्रहालयको अवलोकन गर्नुका साथै चिया खाँदै छलफल गर्नुभएको छ।

फङ लीयुआनले न्येन फु ट्रोङकी श्रीमतीको साथमा भियतनामको महिला रीतिरिवाज प्रदर्शनीको अवलोकन गर्नुभयो। सो अवसरमा भियतनामको महिलाको विवाह रीतिरिवाज जानकारी लिनुभयो र भियतनामका महिलाको उत्कृष्ट भावनाको उच्च मूल्याङ्कन गर्नुभयो।

फङ लीयुआनले चीनले महिलनाको विभिन्न अधिकारमा महत्व दिएको, महिलाको प्रगति बढाउने, महिलाको स्थानलाई उकास्ने र महिलाको अधिकारको प्रत्याभूति गर्ने क्षेत्रमा भियतनामको धेरै राम्रो अनुभव रहेको बताउनुभयो।

चिया खाने अवधिमा उहाँहरूले भियतनामको परम्परागत जातीय बाजा र जातीय पोशाकको प्रदर्शनको अवलोकन पनि गर्नुभयो।