चीनका परराष्ट्र मन्त्राल्यका प्रवक्ताः चीन र फिलिपिन्सबीचको सामुद्रिक विवादमा अमेरिकालाई हस्तक्षेप गर्ने अधिकार छैन
2023-12-12 10:32:07cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयको प्रवक्ता कार्यालय अनुसार, डिसेम्बर ११ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा फ्रान्सेली समाचार समितिका पत्रकारले यस्तो प्रश्न प्रस्तुत गरेका छन्दक्षिण चीन महासागरमाखतरनाक र स्थिरताला नष्ट पार्नेचीनको गतिविधिला रोक्न अमेरिकाले चीनला आह्वान गरेकोमा चीनले के कस्तो प्रतिक्रिया दिन्छ?

उक्त प्रश्नको जवाफ दिँदै प्रवक्ता माउ निङले भन्नुभयो, चीन र फिलिपिन्सबीचको सामुद्रिक विवाद दु मुलुकबीचको समस्या हो, अरू कुनै पनि मुलुकसँग हस्तक्षेप गर्ने अधिकार छैन।

केही समययता, अमेरिकाले आफ्नो भूराजनैतिक हितला साकार तुल्याउन एकातिर फिलिपिन्सले दक्षिण महासागरमा गरेको उत्तेजित गतिविधिला समर्थन दिएको छ, अर्कोतिर वास्तविकतालाई बंग्याएर विवादला विस्तृत पार्दै गम्भीर रूपमा क्षेत्रीय शान्ति र स्थिरताला नष्ट पारेको पनि प्रवक्ता माउले बताउनुभएको छ। चीनले आन्तरिक कानून र अन्तर्राष्ट्रिय कानूनबमोजिम कदम चाली भूभागको सार्वभौमिकता र समुद्री अधिकारको संरक्षण गर्दैजाने प्रवक्ता माउले व्यक्त गर्नुभएको छ।