जलवायु चुनौतीको सामनामा चीनका पाँच पहिचान
2023-12-12 16:36:05CRI
Share with:

'चीनले जलवायु परिवर्तनको सामना गर्दा राम्रो काम गरिरहेको छ र सही बाटोमा छ।’ दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप सन्धिमा (युएनएफसीसीसी) संलग्न राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप २८) मा विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) का अध्यक्ष अब्दुल्लाह अहमद अल्मान्डोसले यसरी मूल्याङ्कन गर्नुभयो। चीनले पाँच पहिचानमा सक्रिय रूपमा विश्वव्यापी जलवायु संचालन गरिरहेको छ र चीनको प्रयासलाई विभिन्न पक्षहरूले मान्यता दिएका छन। जसले कोप २८ मा सकारात्मक ऊर्जा थपेको छ।

चीनका ५ पहिचान यस प्रकार छनः

१: विकासोन्मुख देशहरूको एक महत्त्वपूर्ण सदस्य

२: ऐतिहासिक जिम्मेवारीहरू परिवर्तन नभएको उदीयमान अर्थतन्त्र

३: ऊर्जा संकटको फड्को मार्ने विकासमा योगदानकर्ता

४: अर्थव्यवस्था, समाज र वातावरणको समन्वित विकासलाई बढाउने पक्ष

५: विश्वव्यापी जलवायु व्यवस्थापनको बहुपक्षीय प्रक्रियालाई बढाउने पक्ष

चिनियाँमा एउटा भनाइ छ "सबैले दाउरा जम्मा गर्दा ज्वाला उच्च हुन्छ"। कोप २८ सम्पूर्ण मानवजातिले साझा चुनौतीहरूको सामना गर्ने एउटा मञ्च हो। रचनात्मक भूमिका खेल्दै चीनले "महत्वाकांक्षाबाट कार्य र वास्तविकतामा परिणत गर्ने कोप २८ सम्मेलनको लक्ष्यको कार्यान्वयनलाई अघि सार्नुका साथै विभिन्न पक्षसँगै मिलेर स्वच्छ र सुन्दर विश्व निर्माण गर्ने प्रयास गर्दै जाने छ।