पैचिङमा आयोजित केन्द्रीय आर्थिक कार्य सम्मेलनलाई सी चिनफिङको सम्बोधन
2023-12-12 20:00:01CRI
Share with:

केन्द्रीय आर्थिक कार्य सम्मेलन डिसेम्बर ११ देखि १२ तारिखसम्म पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चिनियाँ राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त सम्मेलनमा भाग लिएर महत्वपूर्ण सम्बोधन गर्नुभयो।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले सन् २०२३ मा आर्थिक कार्यको निचोर्ड गर्दै वर्तमान आर्थिक अवस्थाको गहन विश्लेषण गरेर सन् २०२४ मा आर्थिक कार्यको प्रणालीबद्ध बन्दोबस्त गर्नुभयो।

आर्थिक पुनरूत्थानलाई अघि बढाउन प्रभावकारी माग अपुग भएको, केही क्षेत्रको उत्पादन मागभन्दा बढी भएको, सामाजिक अपेक्षा कमजोर भएको कठिनाइहरूलाई पार गर्नुपर्छ। तापनि चीनको दीर्घकालीन आर्थिक अवस्था राम्रो दिशातिर जाने प्रवृत्तिमा परिवर्तन देखा नपरेकाले विश्वास बढ्दै गइरहेको ठहर पनि सो सम्मेलनमा व्यक्त गरिएको छ।

आउने वर्षमा स्थिर स्थितिमा आर्थिक कार्यलाई अघि बढाउनुपर्छ। यसै क्रममा नयाँ विकास विचारको सही, पूर्ण रूपमा कार्यान्वयन गर्नुका साथै नयाँ विकास मूल स्थितिको निर्माणमा गतिशील बनाउनुपर्छ। उच्च गुणस्तरिय विकासमा महत्व दिँदै सुधार तथा खुलापनलाई गहन रूपमा पार्नुपर्छ। उच्च स्तरिय विज्ञान तथा प्रविधिमा आत्म भर क्षमतालाई बढाउँदै समष्टिगत नियन्त्रण नीतिको चरणबद्ध भूमिकालाई निर्वाह गर्नुपर्छ। आर्थिक जीवन्त शक्तिलाई वास्विक रूपमा बढाउनुपर्छ। जसबाट अर्थतन्त्रको वास्तविक तथा प्रभावकारी बढावामा निरन्तरता दिने छ। सर्वसाधारणको हित कल्याण बढाउँदै सामाजिक स्थिरतालाई कायम गर्नुपर्छ। चिनियाँ शैलीको आधुनिकिकरणमार्फत् देशको निर्माण तथा चिनियाँ राष्ट्रको पुनरूत्थान महा कार्यलाई सबल पार्नुपर्छ।