काश्मिर समस्यामा चीनको अडान निरन्तर र स्पष्ट
2023-12-12 17:17:52CRI
Share with:

डिसेम्बर १२ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले भारत र पाकिस्तानको काश्मिर समस्याबारे पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफ दिनुभएको छ। 

माउ निङले काश्मिर समस्यामा चीनको अडान निरन्तर र स्पष्ट रहेको भन्दै यो समस्या भारत र पाकिस्तानबीच इतिहासमा बाँकी रहेको समस्या भएको बताउनुभयो। उहाँले “संयुक्त राष्ट्र संघको बडा पत्र”, सुरक्षा परिषदको निर्णय प्रस्ताव र सम्बन्धित पक्षको द्विपक्षीय सम्झौता बमोजिम शान्तिपूर्ण तरीकामार्फत समाधान गरिनुपर्ने कुरा पनि बताउनुभयो। प्रवक्ता माउ निङले सम्बन्धित पक्षले वार्ता र छलफलमार्फत सम्बन्धित विवादको समाधान गर्नुपर्ने र क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो।