सी चिनफिङको लेख भियतनामको सञ्चारमाध्यममा प्रकाशित
2023-12-12 10:49:24cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज डिसेम्बर १२ तारिख भियतनामको राजकीय भ्रमणको अवसरमा भियतनामको पिपुल्स डेलीमा“चीन र भियतनामले रणनीतिक साझा भविष्य समुदायको निर्माण गर्दै संयुक्तरूपमा आधुनिकीकरणको विकास गर्ने”शीर्षकमा आफ्नो लेख सार्वजनिक गर्नुभएको छ।

 

चालु वर्ष चीन र भियतनामबीच व्यापक रणनीतिक सहकार्य साझेदारी सम्बन्ध स्थापना भएको १५ औँ वार्षिकोत्सव भएको उक्त लेखमा उल्लेख छ। चीन र भियतनामले संयुक्तरूपमा दुई देशबीचको सहयोगको विकासलाई बढाउनुका साथै मानवजातिको साझा भविष्यको समुदायको संयुक्तरूपमा निर्माण गर्नुपर्ने पनि सो लेखले औँल्याइएको छ।

 

राष्ट्राध्यक्ष सीको लेखमा यसरी जोड दिइएको छ: १. दुई पक्षले रणनीतिक सम्पर्कलाई कायम राख्नुपर्छ र चीन-भियतनाम साझा भविष्यको समुदायको राजनीतिक आधारलाई बलियो बनाउनुपर्छ। २. दुई पक्षले एकअर्कालाई सहयोग गर्नुपर्छ र चीन-भियतनाम साझा भविष्यको समुदायको सहयोगी आधारलाई बलियो बनाउनुपर्छ। ३. दुई पक्षले मैत्रीपूर्ण आदान-प्रदानलाई बलियो बनाउनुपर्छ र चीन-भियतनाम साझा भविष्यको समुदायका लागि जनमत जगको निर्माण गरिनुपर्छ। ४. दुई पक्षले मतभेदहरू हटाउनुपर्छ र चीन-भियतनाम साझा भविष्यको समुदायका लागि सहमतिको आधारलाई विस्तार गर्नुपर्छ।