के मानिसको मृत्यु पनि जन्म हो?
2023-12-12 10:34:04CRI
Share with:

जीवनको मृत्यु र पुनर्जन्मबारे दुनियाँमा अहिले पनि ठूलो विवाद छ। वैज्ञानिक युग भइकन पनि पुष्टि गर्न नसकेका कारण मानिसहरूमा मृत्युप्रतिको भय यथावत छ। चीनमा मान्छेको मृत्यु पनि अर्को जन्म हो भनेर सोच्ने प्रचलन थियो।  पैचिङमा अहिले एउटा चिहानस्थल छ, जहाँ मानिसहरू वर्षेनी पूजा गर्छन्, भ्रमण गर्छन्, श्रद्धाभक्ति देखाउँछन्। विदेशी पर्यटकहरू पनि पुग्छन। मिङ वंशका १६ सम्राट रहेपनि त्यो चिहानस्थललाई १३ सम्राटको चिहानस्थल भनिन्छ। यसको सिधा अर्थ यही हो कि कूल १६ मध्ये १३ मात्रै यहाँ समाधिस्थ गरिएका थिए, बाँकी कहाँ गए?