फङ ली युआन तथा भियतनामी राष्ट्राध्यक्षका श्रीमतीद्वारा हनोइ राष्ट्रिय विश्वविद्यालयको अवलोकन
2023-12-13 15:06:39CRI
Share with:

डिसेम्बर १३ तारिख राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ ली युआनले भियतनामका राष्ट्राध्यक्ष भो भान छोङकी श्रीमती फान श छिङ सिनका साथमा हनोइ राष्ट्रिय विश्वविद्यालयको अवलोकन गर्नुभएको छ।

श्रीमती फङले विश्वविद्यालयको स्थापना, निर्माण र अन्तर्राष्ट्रिय आदान प्रदान लगायतका अवस्थाबारे जानकारी लिनुका साथै दुवै पक्ष बीचको शैक्षिक आदान प्रदान गतिविधिलाई सबल पार्दैजाने आशा व्यक्त गर्नुभयो।

चीनमा गएर अध्ययन गरी आपसी समझदारी र मित्रतालाई अझ बढी प्रबर्द्धन गर्दैजान श्रीमती फङ ली युआनले भियतनामी युवायुवतीहरूलाई स्वागत गर्नुभएको छ।