बीवाईडीद्वारा विभिन्न स्थानमा डीसी चार्जर जडान
2023-12-13 15:50:01CRI
Share with:

चिनियाँ विद्युत्तीय कार बिवाइडी अटो इण्डस्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक सिमेक्स इन्क प्रा. लि.ले देशका मुख्य मुख्य स्थानमा ११ वाट डिसी फास्ट चार्जर जडान गरेको छ। नयाँ जडित डिसी फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगञ्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको कारोबार अनलाइनले लेखेको छ। यी चार्जरमध्ये १० वटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर रहेको बताइएको छ।

सिमेक्सद्वारा यस अघि नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो। यी चर्जिङ पूर्वाधारको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीले जनाएको छ।

विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै सिमेक्सले चार्जिङ नेटवर्कहरुको थप विकास र विस्तार गर्ने योजना राखेको जनाएको छ। साथै २०२३ डिसेम्बरको अन्त्यसम्ममा थप १८ वटा डिसी फास्ट चार्जरहरु पनि सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जानकारी दिएको छ।

विवाइडी एटिटीओ थ्री का लागि ८८ किलोवाटसम्मको डिसी फास्ट चार्जिङको प्रयोग गर्न सकिन्छ भने बिवाइडी डल्फिनमा ६० किलोवाटसम्मको चार्ज दिन सकिने बताइएको छ। यसले ३० देखि ४५ मिनेटमा विवाइडीका विद्युतीय सवारीसाधनलाई ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दावी छ।