चीनको अर्थतन्त्र कता जाँदैछ ?
2023-12-13 19:51:06CRI
Share with:

हरेक वर्षको अन्तमा आयोजना हुने चिनियाँ केन्द्रीय आर्थिक कार्य सम्मेलन चिनियाँ तथा विदेशीले चीनको आर्थिक प्रवृत्तिलाई नियाल्ने महत्वपूर्ण झ्याल हो। डिसेम्बर ११ देखि १२ सम्म पैचिङमा आयोजित केन्द्रीय आर्थिक कार्य सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनपिङले महत्वपूर्ण सम्बोधन गर्नुभयो। उक्त सम्मेलनबाट चीनको आर्थिक परिस्थितिबारे के-कस्तो निर्णय गऱियो र अर्को वर्ष चीनको अर्थतन्त्र कता जानेछ भन्ने प्रश्नको जवाफ पनि दिएको छ।

केन्द्रीय आर्थिक कार्य सम्मेलनमा गरिएको आधारभूत निर्णय के हो भने सन् २०२३ मा चीनको अर्थतन्त्रको आधारभूत प्रवृत्ति माथि गइरहेको र दीर्घकालीन सुधार भएकोमा परिवर्तन आएको छैन। सन् २०२४ मा चीनको आर्थिक क्षेत्रमा हुने प्राथमिकता उच्च गुणस्तरको विकास हो।

अनि सन् २०२४ मा विश्वका विभिन्न मुलुकप्रति चीनको अर्थतन्त्रको आकर्षण के कस्तो छ?

केन्द्रीय आर्थिक कार्य सम्मेलनमा सन् २०२४ मा अघि सारिएका मुख्य कामहरूमध्ये 'चीनमा लगानी' भन्ने ब्रान्ड निर्माण गर्ने प्रस्ताव पहिलो पटक प्रस्तुत गरियो। उक्त सम्मेलनमा चीनमा आएर व्यापार गर्ने, अध्ययन गर्ने र घुम्ने विदेशीहरूका लागि अवरोधलाई प्रभावकारी रुपमा हटाइदिनुपर्छ र बजारमुखी, कानुनमा आधारित र अन्तर्राष्ट्रियकरण हुने प्रथम श्रेणीको व्यावसायिक वातावरणको निर्माण जारी राख्ने प्रस्ताव पनि गरियो। साथै, चीनले दूरसञ्चार र चिकित्सा लगायत सेवारत उद्योगहरूको बजारमा प्रवेश हुने मापदण्डलाई खुकुलो पार्नेछ र बेल्ट एण्ड रोड अवधारणा सम्बन्धी आठ वटा उच्च गुणस्तरीय कार्यको कार्यान्वयनलाई समर्थन गर्नेछ। यसका अतिरिक्त, मुख्य र महत्वपूर्ण परियोजनाहरू तथा जीवनयापन सम्बन्धी  "साना तर सुन्दर" परियोजनाहरूलाई अघि बढाउने कार्यलाई समन्वय गर्नेछ।

यसबाहेक, उक्त सम्मेलनमा कृषि शक्ति बलियो मुलुकको निर्माण गर्ने लक्ष्यका लागि ठोस बन्दोबस्त पनि प्रस्तुत गरियो—शहरी - ग्रामीण क्षेत्रको मिलन र क्षेत्रीय समन्वय विकास भन्ने कार्यलाई अघि बढाउनु।

सी चिनफिङको आर्थिक विचारको मूल विषय के हो भने चीन एउटा ठूलो देश भएकाले यसले वस्तुगत अर्थतन्त्रद्वारा समर्थित आधुनिक औद्योगिक प्रणालीको निर्माणलाई तीव्रता दिनुपर्छ। आत्म निर्भरताको बाटोमा जाँदा प्रमुख निर्णायक प्रविधिहरू स्वतन्त्र अनुसन्धान र विकासमा आधारित हुनुपर्दछ। उहाँले बारम्बार भन्नुभएको छ कि, "मानवजातिले साझा विकासको समस्याको समाधान गर्दा अन्तर्राष्ट्रिय सहयोग र खुलापन एवम् बाँड्ने गतिविधि नै पहिलेभन्दा बढी आवश्यक छ र कुनै पनि देश स्वतन्त्र नविन केन्द्र स्थापना गर्न वा नवप्रवर्तनको फल आफू मात्रै उपभोग गर्न सक्दैन।"

विश्वका लागि १ अर्ब ४० करोडभन्दा बढी चिनियाँ जनताले आधुनिकीकरणतर्फ अघि बढ्दै राम्रो जीवनयापन गरिरहेका छन् जुन चीनले विश्वसामु ल्याएको ठूलो अवसर नै हो।