राष्ट्राध्यक्ष सी चिनफिङ तथा भियतनामी प्रधानमन्त्री बीच भेटवार्ता
2023-12-13 15:03:27CRI
Share with:

डिसेम्बर १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हनोइमा भियतनामका प्रधानमन्त्री फाम मिन्ह छोइन्हसँग भेटवार्ता गर्नुभएको छ। 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले भियतनामी कम्युनिष्ट पार्टीको दृढ नेतृत्वमा भियतनाम सरकारले भियतनामी जनताको नेतृत्व गर्दै देशको निर्माण कार्यमा अझ नयाँ उपलब्धि प्राप्त गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो। 

आगामी दिनहरूमा दुई देश बीचको राम्रो सम्बन्धले दुवै देशका जनताका लागि अझ बढी हित कल्याण सिर्जना गर्नुका साथै क्षेत्रीय र विश्व शान्ति तथा स्थिरता र विकासका लागि सकारात्मक योगदान गर्दैजाने विश्वास पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।