रणनीतिक अर्थ रहेको चीन र भियतनामको भाग्य समुदाय दुई मुलुकका जनताको साझा हित र साझा इच्छासित अनुकूल रहेको सी चिनफिङको भनाइ
2023-12-13 19:08:46CRI
Share with:

स्थानीय समयअनुसार डिसेम्बर १३ तारिख अपरान्ह चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लीयुआन भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव न्येन फु ट्रोङ दम्पतिले चीन र भियतनामका युवायुवती र मैत्रीपूर्ण व्यक्तिहरूसँग संयुक्त रुपमा भेटघाट गर्नुभएको छ। 

सो अवसरमा सी चिनफिङले डिसेम्बर १२ तारिख महासचिव न्येन फु ट्रोङसँग रणनीतिक अर्थ रहेको चीन र भियतनामको भाग्य समुदायको सिर्जना गर्ने कुराको घोषणा गर्नुभएको उल्लेख गर्दै दुई मुलुकका जनताको साझा हित र साझा इच्छासित यो कार्य अनुकूल रहेको बताउनुभयो।