नोभेम्बरमा चीनको ढुवानीद्वारा स्थिर प्रवृत्ति कायम
2023-12-14 14:52:50cri
Share with:

चीनको यातायात ढुवानी मन्त्रालयअन्तर्गत विज्ञान प्रतिष्ठानले डिसेम्बर १४ तारिख सार्वजनिक गरेको चिनियाँ ढुवानी सूचकाङ्क अर्थात् सीटीएसआमा नोभेम्बर महिनामा चीनको ढुवानी तथा यातायातले निरन्तररूपमा स्थिर प्रवृत्ति कायम राखेको छ।

चिनियाँ ढुवानी सूचकाङ्क सीटीएसआ रेलमार्ग, राजमार्ग, जलमार्ग र हवामार्गमा मालसामान र यात्रु ढुवानीको मात्राबाट गणना गरिएको छ। यसले यातायात र ढुवानी व्यवसायको कूल सञ्चालन अवस्था प्रतिबिम्बित गरेको छ। यस सूचकाङ्कमा यात्रु र मालसामान दुईवटा भाग छन्। नोभेम्बरमा सीटीएसआई १७८.८ रहेको छ र गत वर्षको सोहि अवधिको तुलनामा ३२.६ प्रतिशतले वृद्धि भएको छ।