सी चिनफिङको भियतनामको भ्रमणबाट ठूलो सफलता प्राप्त भएको चीनका परराष्ट्र मन्त्रीको भनाइ
2023-12-14 18:01:42CRI
Share with:

डिसेम्बर १२ तारिखदेखि १३ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले भियतनामको राजकीय भ्रमण गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले यस पटकको भ्रमणबाट ठूलो सफलता प्राप्त भएको बताउँदै चीन र भियतनामका दुई पार्टी र दुई मुलुकको सम्बन्धको नयाँ कोशे-ढुङ्गा बनेको बताउनुभयो।

वाङ यीले रणनीतिक अर्थ रहेको चीन र भियतनामको भाग्य समुदाय दुई पार्टी र दुई मुलुकको उच्चस्तरले प्रस्तुत भएको ठूलो ऐतिहासिक निर्णय प्रस्ताव हो भन्दै यस पटकको भ्रमणमा चीन र भियतनामले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण रणनीतिक उपलब्धिका रुपमा पन्ध्र वर्षमा चीन र भियतनामको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको आवश्यक छनौट रहेको बताउनुभयो।

वाङ यीले भ्रमणको दौरान चीनका राष्ट्राध्यक्षकी श्रीमतीको आकर्षण कुटनीतिले दुई मुलुकका जनताको भावनालाई घनिष्ठ पार्नका लागि विशेष भूमिका निर्वाह गरेको बताउनुभयो।