चीन र नेपालबीचको आदानप्रदान र सम्पर्कको प्रवर्द्धन हुने विश्वास
2023-12-14 13:18:42cri
Share with:

सन् २०२३ को अन्तिम महिनामा, काठमाडौँबाट प्रस्थान भएको हिमालय एयरलाइन्सको उडान नम्बर एच ९७८० को विमान शाङहाई फु तोङ विमानस्थलमा अवतरण भएसँगै शाङहाई काठमाडौँबीच आकाशेमार्ग पुनःजोडिएको छ। योसँगै धेरै वर्षको अन्तरालपछि शाङहाई र काठमाडौँबीच अन्तर्राष्ट्रिय प्रत्यक्ष वायुसेवा सञ्चालनमा आएको छ।

शाङहाई चीनको सबैभन्दा महत्वपूर्ण आर्थिक केन्द्रमध्येको एक हुनुका साथै व्यापारिक बन्दरगाह,मौद्रिक केन्द्र र औद्योगिक अखडा हो। बताए अनुसार,उक्त प्रत्यक्ष वायु सेवा अहिले हरेक शनिवार एकपटक र डिसेम्बर २० तारिखदेखि हरेक बुधबार र शनिबार गरी सातामा दुई पटक गर्ने योजना छ। उक्त वायु सेवा एयरबसको ए ३२० विमान प्रयोग गरिएको छ। अहिलेसम्म नेपाल जाने वायु सेवा प्राप्त चिनियाँ सहरमा पैचिङ, छङतु, छिङताउ, खुनमिङपछि यो नामावलीमा शाङहाई यस महत्वपूर्ण शहर थपिएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै मात्र शाङहाईको भ्रमण गर्नुभएको छ। निरीक्षणको क्रममा, उहाँले जोड दिँदै भन्नुभयोः "शाङहाईले नयाँ विकास अवधारणालाई पूर्ण, सही र व्यापक रूपमा कार्यान्वयन गर्नुपर्दछ। साथै उच्च गुणस्तरिय विकासको प्रवर्द्धन, नयाँ विकास ढाँचाको निर्माणमा ध्यान केन्द्रित गर्नुपर्दछ। अन्तर्राष्ट्रिय आर्थिक केन्द्र, वित्तीय केन्द्र, व्यापार केन्द्र, शिपिङ केन्द्र र वैज्ञानिक तथा प्राविधिक नवीनता केन्द्रको निर्माण भन्ने महत्त्वपूर्ण कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ। विश्वमा प्रभावकारी आधुनिक समाजवादी अन्तर्राष्ट्रिय महानगरको निर्माणलाई गतिशील गर्नुपर्छ। यसो गर्दा, चिनियाँ शैलीको आधुनिकीकरणलाई बढाउने भन्ने शाङहाईको अग्रणी र अनुकरणीय भूमिकालाई पूर्णता दिने छ। उहाँको भनाइबाट चीनको आर्थिक विकासमा शाङहाईको महत्व बुझ्न सकिन्छ। साथै, शाङहाईको नेतृत्वमा रहेको याङच्ये नदी डेल्टा क्षेत्र पनि चीनको आर्थिक विकास सबैभन्दा सक्रिय, उच्चतम स्तरको खुलापन भएको र चीनमा सबैभन्दा बलियो नवीनता क्षमता भएको क्षेत्रहरूमध्ये एक हो। तसर्थ, नेपाली शहर र शाङहाईबीच सिधा हवाई उडान सुरु भएपछि नेपाल र चीनबीच आर्थिक, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र पर्यटन विकासमा टेवा पुग्ने छ साथै पर्यटन, लगानी र वित्तका हिसाबले पनि दुई देशबीचको आदानप्रदान र सम्पर्कको प्रवर्द्धन हुने विश्वास गरिएको छ।

नेपाल 'बेल्ट एण्ड रोड'अवधारणा सम्बद्ध देश हो र शाङहाई सहयोग संगठनको संवाद साझेदार पनि हो। शाङहाई र काठमाडौंबीच सिधा उडानको संचालनबाट दक्षिण एशियामा "एयर सिल्क रोड" को लागि अर्को नयाँ हवाई पुल खडा गरिएको छ।