सी चिन फिङद्वारा अमेरिका-चीन व्यापार परिषद स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश
2023-12-15 11:22:25cri
Share with:

डिसेम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अमेरिका-चीन व्यापार परिषद स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा एउटा बधाई पत्र पठाउनुभएको छ। साथै अमेरिकाका विभिन्न क्षेत्रहरूमा लामो समयदेखि चीन-अमेरिका आर्थिक र व्यापारिक सहयोगमा समर्थन गर्दैआएका व्यक्तिहरूलाई हार्दिक बधाई व्यक्त गर्नुभएको छ।

 

सी चिन फिङले हाल विश्वमा ठूलो परिवर्तन हुँदैआएको र चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र साझा जीतको सिद्धान्तको आधारमा चीन-अमेरिका सम्बन्धको स्वस्थ, स्थिर र दिगो विकासलाई प्रवर्द्धन गर्न इच्छुक रहेको औंल्याउनुभयो।

 

सी चिनफिङले चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्ध दुई देशबीचको सम्बन्धको एक महत्वपूर्ण भाग भएको र यसले दुई देशका जनतालाई धेरै व्यावहारिक हित ल्याएको कुरामा पनि जोड दिनुभयो।

 

सोही दिन अमेरिकी राष्ट्रपति बाइडेनले पनि अमेरिका-चीन व्यापार परिषद स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा बधाई पत्र पठाउनुभएको छ।