चीन-भियतनाम सम्बन्धको नयाँ उचाइ जनताको आकांक्षा
2023-12-15 16:13:54CRI
Share with:

चालु वर्षको अन्त्यमा भियतनामको राजधानी हनोईमा चीन-भियतनाम सम्बन्धमा एउटा 'हाइलाइट क्षण' देखा पर्यो जब चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर १२ देखि १३ सम्म भियतनामको राजकीय भ्रमण गर्नुभयो। सन् २०१५ यता सीले गर्नुभएको भियतनामको यो तेस्रो भ्रमण हो। यस भ्रमणमा सबैभन्दा महत्वपूर्ण राजनीतिक परिणाम के हो भने दुवै पक्षले चीन र भियतनामबीच रणनीतिक महत्व भएको संयुक्त भाग्य समुदायको निर्माण गर्ने घोषणा गरे। जसले दुई पार्टी र दुई देशबीचको सम्बन्धको विकासमा नयाँ चरण खोलेको जनाइएको छ। भियतनाम समाचार समितिले जानकारी दिए अनुसार, महासचिव सीको यो भ्रमण 'द्विपक्षीय सम्बन्धमा नयाँ ऐतिहासिक कोसेढुङ्गा' भएको छ र यसले दुई देशका जनतालाई फाइदा पुर्याउने इच्छा र दृढतालाई दर्शाएको छ।

चीन र भियतनामबीच संयुक्त भाग्य समुदायको निर्माण गर्ने नयाँ अडान दुई देशका जनताको साझा हित र आकाङ्क्षासँग अनुकुल छ। यसको प्रभाव द्विपक्षीय लगायत क्षेत्रीय शान्ति र विकासका लागि पनि अनुकूल छ।

यतिबेला यसको खाका कोरिएको छ र निर्णायक विषय कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

अहिले चीनले चिनियाँ शैलीको आधुनिकीकरणलाई बढाइरहेको छ भने भियतनामले पनि राष्ट्रिय औद्योगीकरण र आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिइरहेको छ। यसै क्रममा आपसी सहयोगका लागि थप अवसर ल्याइने छ। यस पटक दुई देशबीच बेल्ट एण्ड रोड अवधारणा, डिजिटल अर्थतन्त्र, हरित विकास, यातायात लगायतका पक्षहरूसमेत जम्मा गरी ३० भन्दा बढी सहयोग सम्झौता भएका छन्। ती सम्झौताहरूबाट दुवै पक्षका उद्योगहरूको पूरक लाभहरूलाई थप उत्प्रेरित गरिने छ र एक अर्काको आधुनिकीकरणमा मद्दत दिइने छ। चीन-भियतनाम संयुक्त भाग्य समुदायको निर्माणका लागि अधिक ठोस भौतिक आधार प्रदान गरिने विश्वास गरिएको छ।

दुई देशबीचको मित्रता जनता-जनताबीचको सम्बन्धमा निहित छ। भियतनाम भ्रमणका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दुई देशका मैत्रीपूर्ण व्यक्तित्वहरू, विशेषगरी युवा पुस्तालाई सन्देश दिनुभयो। साथै जनता-जनताबीचको सम्बन्धलाई प्रगाढ पार्ने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ। यी सबै कुराले चीन-भियतनाम सम्बन्धको नयाँ विकासका लागि जनमतको बलियो जग बसालेको छ।

"भियतनाम र चीनलाई, नदी र पहाडले जोड्छ" – भियतनामीमाझ लोकप्रिय यो प्रसिद्ध गीतमा दुई देशहरू बीचको दीर्घकालीन मित्रताको बारेमा वर्णन गरिएको छ। चीन र भियतनामबीच रणनीतिक महत्व भएका संयुक्त भाग्य समुदायको निर्माण नै द्विपक्षीय सम्बन्धको विकासका लागि नयाँ प्रारम्भिक बिन्दु बन्नेछ। जसले दुई देशका जनतालाई सँगसँगै राम्रो जीवन बिताउन सक्षम बनाउने मात्र नभई, एसिया-प्रशान्त क्षेत्र लगायत विश्वमा पनि थप सकारात्मक ऊर्जा ल्याउने विश्वास गरिएको छ।