मुगुबाट चीन जोड्ने सडक नौ वर्षमा पनि बन्न नसक्दा स्थानीयहरु समस्यामा
2023-12-15 15:41:23CRI
Share with:

मुगुको उत्तरी चीन जोड्ने सडक सुरु भएको नौ वर्ष बित्दा पनि बन्न सकेको छैन। चीनको व्यापारिक नाकासँग जोडिएको नाकच्यालाग्ना सडक   निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्य समेत अघि बढ्न सकेको छैन। जिल्ला सदरमुकाम गमगढीदेखि चीनको सिमानाको ९१ किलोमिटर सडक चरम बजेटको अभावका कारण कछुवाको गतिमा अगाडि बढेको गोरखापत्र अनलाइनले लेखेको छ। गमगढी  नाकच्यालाग्ना सडक परियोजना जुम्ला सडक  डिभिजन कार्यालयको  मातहतमा  निर्माण भइरहेको छ।

सडक  डिभिजन कार्यालय  जुम्ला अन्तरगतका  साइड इन्जिनियर वीरबहादुर जीटीका   अनुसार गमगढी–  नाकच्यालाग्ना सडकको   गमगढी  नाकच्यालाग्ना सडक  परियोजना कार्यालयले ७२ साल देखि ८० सालसम्म अनुमानित ३० करोड रकमले १९ दशमलव ५ किलोमिटर  ट्र्याक खोलेको छ। उहाँले भन्नुभयो नाकच्यालाग्ना सडक परियोजना कार्यालय   जुम्लाको सडक डिभिजन कार्यालयबाट  साइडको मूल्याङ्कन र  सडकको स्तरोन्नति  अवलोकन  गर्न  समयमै  साइडमा आउजाउ गर्न  कठिनाइ हुने गरेको छ। गमगढी– नाकच्यालाग्ना सडक छिटोछरितो मूल्याङ्कन र सडकको  स्तरोन्नति अवलोकन    गर्नलाई  मुगुको सदरमुकाम गमगढीमा नाकच्यालाग्ना  परियोजना कार्यालय नै स्थापना गर्न आवश्यक देखिन्छ साइट इन्जिनियर जीटीले बताउनुभयो।  थोदुङ्क्क्याराभान जेभीले    मुगमकार्मारोङ  गाउँपालिका छाँयालको गाँठ्या भिरसम्म सडक निर्माण गरेको छ।

सडक  विस्तार  गर्न र  सडकको  स्तरोन्नति गर्न चालु आर्थिक ८०-८१ का लागि छायाँल र माँग्रीमा पर्ने १ दशमलव २ किलोमिटर चट्टानी पहरो ब्लास्टिंङ गर्न  र ७ दशमलव ५  किलोमिटर  ग्राबेलका साथ  साइडमा नाला  निर्माणका लागि छ करोड  ५० लाख  रकम सङ्घीय सरकारबाट विनियोजित भएको  छ।

उहाँका अनुसार उक्त सडक निर्माण गर्नका लागि निजी कन्स्ट्रक्सनबाट   थोदुङ्कक् राभान जेभी, महेश इन्जिनियरिङ, महेश कन्स्ट्रक्सन र रारा सूर्योदय कन्स्ट्रक्सनले ठेक्का लिई  गएको चालु आर्थिक वर्षको जेठ मसान्तसम्म योजना अनुसारका सडक  संरचनाहरू  निर्माण सम्पन्न हुने गरि परियोजनासँग सम्झौता गरेका थिए तर उक्त अवधिभित्र योजना सम्पन्न नहुँदा सडक निर्माणको जिम्मा पाएका ती निजी  फमले पुनः योजना सञ्चालनका लागि सम्बन्धित निकायबाट म्याद थपेर   अनुमति लिएका छन्।

१ दशमलव ५ किलोमिटरको पहरोमा व्लास्टिङ मार्फत सडक निर्माण गर्ने जिम्मा पाएको  थोदुङ्क्क्याराभान जेभीले हाल  छाँयालबाट  स्काभेटरद्वारा  सडक निर्माण कार्य गरिरहेको र व्लास्टिङ मार्फत पहरो फोर्न विस्फोटक  पदार्थ श्री बक्स गुल्म रारा हुटुको    सहकार्य  र  सहजीकरणबाट चट्टान भएको पहरो विस्फोटको काम सुरु  भइरहेको  थोदुङ्क्क्याराभानका सञ्चालक  कार्मा  तामाङले बताउनुभयो।

जिल्लाका चार वटा पालिका छायानाथ रारा नगरपालिका ,सोरूँ गाउँपालिका , खत्याड  गाउँपालिका, मुगमकार्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकालगायत कर्णाली प्रदेशका १०  वटा जिल्लाको पहुँचमा यो सडक छ। 

सडक निर्माणले जडीबुटीदेखि नेपालमा निर्मित सामग्रीहरू चीनमा निर्यात र चीनका निर्मित लत्ताकपडादेखि त्यहाँ उत्पादित  खाद्यान्नलगायत अन्य सामग्रीहरू  नेपालमा आयात गर्न सहज हुनेछ।