बेल्ट एण्ड रोड सम्बन्धमा श्रृङ्खलाबद्ध नीलपत्र जारी
2023-12-15 15:02:47CRI
Share with:

 

बेल्ट एण्ड रोडको निर्माणलाई अघि बढाउने निर्देशनात्मक टोली कार्यालयले अन्य सम्बद्ध विभागसँग मिलेर अनुसन्धान र तर्जुमा गरेका श्रृङ्खलाबद्ध नीलपत्रलाई डिसेम्बर १५ तारिख राष्ट्रिय विकास र सुधार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा औपचारिक रूपमा जारी गरिएको छ। ती ६ वटा नीलपत्रमा संयुक्तरूपमा बेल्ट एण्ड रोडको निर्माण सम्बन्धी मानिस बीचको आदान प्रदान, हरित रेशमी मार्ग, चिनियाँ जडीबुटी सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य, चीन-आशियान विकास, चीन-अफ्रिका विकास र चीन-ल्याटिन अमेरिका विकास लगायतका विषयहरू समावेश छन्।

 

बितेका १० वर्षयता सँगै मिलेर बेल्ट एण्ड रोडको निर्माण भन्ने विषय विचारधारा र अभिलाषाबाट वास्तविक गतिबिधि र तथ्य कुरामा परिणत गरिएको छ। हालसम्म जम्मा १५० भन्दा बढी मुलुक र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनले संयुक्तरूपमा बेल्ट एण्ड रोडको निर्माण भन्ने ठूलो परिवारमा संलग्न भई टड्कारो ऐतिहासिक उपलब्धि प्राप्त गरेका छन्। बेल्ट एण्ड रोड निकै लोकप्रिय अन्तर्राष्ट्रिय सार्वजनिक वस्तु र अन्तर्राष्ट्रिय सहकार्य चौतारो पनि बनेको देखिन्छ।