सी चिनफिङद्वारा न्यून तापक्रम, वर्षा र हिमपात प्रकोप रोकथाम र सामना कार्यबारे महत्वपूर्ण निर्देशन
2023-12-15 20:02:05CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले न्युन तापक्रम, वर्षा, हिमपात र हिमपहिरो प्रकोप रोकथाम र सामना कार्यबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ। 

सीले हाल चीनका अनेकौं क्षेत्रहरूमा वर्षा र हिमपात परेको, जसबाट विजुलीको आपूर्ति, यातायातको ढुवानी, सर्वसाधारणको जीवनमा ठूलो असर परेको कुरा व्यक्त गर्नुका साथै मौसमको परिवर्तनमाथि ध्यान दिन, छिटो रुपमा पूर्वानुमान सूचना सार्वजनिक गर्न, कोइला, विजुली र ग्यासको आपूर्ति बढाउन, सर्वसाधारणको दैनिक वस्तुको मूल्य स्थिरताको संरक्षण गर्न आग्रह गर्नुभयो।