हिमवर्षा बीच सन्ध्याकालीन हिँडाइ
2023-12-15 10:15:52CRI
Share with:

बेइजिङमा गत आइतबार रातीदेखि परेको हिउँ १५ डिसेम्बर, शुक्रबार थामेको छ। बेइजिङमा यसरी भएको हिमपातलाई मध्यनजर गरी बेइजिङ नगरपालिकाले चेतावनी नै जारी गरेको थियो।

चार तहको चेतावनी रङ्गमध्ये दोस्रो तहको सुन्तला रङ्ग जारी गर्दै विद्यालय तथा पहाडी क्षेत्रमा अवस्थित दृश्यावलोकन क्षेत्र बन्द गरिएको थियो। यी चार तहका चेतावनी रङ्गहरूमा नीलो र क्रमशःपहेँलो, सुन्तला र रातो रहेका छन्। पहिलो तहको रातो रङ्गले सबैभन्दा गम्भिर अवस्थाको सङ्केत गर्दछ।

यसबाहेक, मौसम पूर्वानुमान विभागले ५ देखि १५ सेन्टिमिटरसम्म हिउँ पर्ने अनुमान गरेको थियो। आइतबारदेखि निरन्तर जसो परेको हिउँले जनजीवन प्रभावित बनाए तापनि आममानिसहरू हिउँमा रमाइरहेका सुन्दर दृश्यहरूले बेइजिङ एउटा फेयरील्याण्ड जस्तै देखेको छ। फरबिडन सिटी, टेम्पल अफ हेभनलगायतका स्थलहरूमा आगन्तुकको भीड निकै बाक्लो रह्यो। चार दिनसम्मको फरबिडन सिटी प्रवेश टिकट केही दिनअघि नै विक्री भइसकेको सूचनाले पनि आमचिनियाँहरू हिउँ पर्यटनमा रमाइरहेका छन्।

यसै बीच, यो हिमवर्षा बीचको सन्ध्याकालीन हिँडाइको एउटा श्रव्यदृश्य।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/