जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक सम्झौताबाट विश्वलाई कसरी परिवर्तन गर्ने?
2023-12-16 16:27:59CRI
Share with:

‘ऐतिहासिक उपलब्धि हासिल गरेकामा हामीलाई गर्व लाग्नुपर्छ’...... यो जलवायु कार्यलाई द्रुत गतिले अघि बढाउने शृङ्खलाबद्ध योजना एउटा बलियो, सन्तुलित र निस्सन्देह ऐतिहासिक योजना रहेको छ जुन संयुक्त अरब इमिरेट्स सहमति हो। हालै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारूप सन्धि (कोप–२८) का संलग्न राष्ट्रहरूको २८औँ सम्मेलनका अध्यक्ष सुल्तान जाबेरले दुबईमा आयोजित समापन समारोहमा उक्त कुरा भन्नुभएको हो। "ऐतिहासिक सम्झौता" र "पाउन कठिन भएको" भन्ने कुरा विश्वव्यापी मिडियाद्वारा कोप २८ सम्मेलनको परिणामप्रति दिइएको मुख्य मूल्याङ्कन हो।

‘संयुक्त अरब इमिरेट्स सहमति’ ऐतिहासिक भएको मुख्य कारण भनेको जिवाश्म इन्धनलाई छोडेर संक्रमणमा प्रवेश गर्ने सम्झौता सम्पन्न भएको पहिलो पटक हो। एएफपीका अनुसार, संयुक्त राष्ट्रसंघको जलवायु शिखर सम्मेलन आयोजित भएको करिब ३० वर्षमा विभिन्न देशहरूमाझ एकैमतमा जिवाश्म इन्धनबाट संक्रमण गर्ने सहमति भएको यो पहिलो पटक हो।

‘जिवाश्म इन्धनलाई छोडेर संक्रमणमा परिणत’ हुने विषयमा सम्झौता सम्पन्न भएको अतिरिक्त, सम्मेलनमा प्राप्त अरू परिणाम यस प्रकार छनः पहिलो दिन विकासोन्मुख देशहरूले समर्थन दिएको "हानि र क्षति" कोष अडा गर्ने विषय पारित भयो। साथै पेरिस सम्झौता सम्पन्न भएपछिको पहिलो विश्वव्यापीको निचोड गर्ने विषयमा पनि सहमति भयो जुन जलवायु परिवर्तनको सामना गर्ने विश्वव्यापी प्रक्रियाको अर्को चरणका लागि दिशालाई स्पष्ट पारियो। यसै क्रममा चीनले सक्रिय रूपमा सबै विषयहरूको छलफल र वार्तामा भाग लिएर बहुपक्षीयतालाई बढाएको छ। जसबाट सम्मेलनको सफलतामा बलियो राजनीतिक उत्प्रेरणा प्रदान गऱ्यो। यो चीनको निरन्तरको सफलताका लागि योगदान प्रदान गरिएको छ।

वर्तमान परिस्थितिमा, हरित र कम कार्बन निष्काशनसहित विकास नै विश्वव्यापी भएको मतैक्य बनिसकेको छ। तथापि, यस सम्मेलनको परिणामहरूको कसरी कार्यान्वयन गर्ने भन्ने निकै महत्वपूर्ण छ।

पहिलो, विकसित देशहरूले आफ्नो जलवायु परिवर्तन सम्बन्धी पूँजी प्रदान गर्ने प्रतिबद्धताहरूलाई जतिसक्दो चाँडो व्यवहारमा उतारेर पूरा गर्न आवश्यक छ। साथै, ऊर्जा संक्रमण गर्ने र जलवायु परिवर्तनको सामना गर्दा विभिन्न देशहरूले अझै पनि आफ्नै वचनको कार्यान्वयन गर्ने प्रयास आवश्यक छ।

यसबाहेक, केही देशहरूले "कार्बन निष्काशनको नाउँमा मत बजाउनु" हुँदैन। जलवायु परिवर्तनको सामना गर्ने बहानामा व्यापार र लगानीमा प्रतिबन्ध लगाउने जुनसुकै गतिविधिको सबै पक्षले सामूहिक रूपमा विरोध गर्नुपर्छ।

मानवजातिको साझा कठिनाइलाई संयुक्त रूपमा हटाउने आवश्यकता छ। संयुक्त राष्ट्रसंघीय एक जना जलवायु अधिकारीले भने जस्तै, 'आगामी केही महत्वपूर्ण वर्षहरूमा तपाईंहरूको आवाज र दृढता पहिलेभन्दा अझ बढी महत्वपूर्ण हुनेछ।