इथियोपियाका भूतपूर्व राष्ट्रपति मुलाटु टेशोमेले हालै चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।
आगामी वर्षमा इथियोपिया ब्रिक्स परिवारका सदस्य बन्ने छ। विशेष अन्तर्वार्तामा मूलाटुले ब्रिक्स परिवारका सदस्य बनेमा इथियोपियाले कृतज्ञता ज्ञापन व्यक्त गरेको बताउँदै इथियोपिया चीन, भारत, रुस, ब्राजिललगायतका ब्रिक्स मुलुकहरूको सहयोगबाट लाभान्वित हुने र यो ब्रिक्स मुलुक सहयोगमा विभिन्न मुलुकबीचको आदान-प्रदान बढाउनका लागि हितकर हुने कुरामा जोड दिनुभयो। उहाँले ब्रिक्स मुलुकको सहयोगले व्यापारलाई विस्तार गर्नसक्ने, प्रविधि र विज्ञान क्षेत्रको पारस्परिक समर्थन बढाउनसक्ने, इथियोपिया यसबाट लाभान्वित हुने र यसले अफ्रिका तथा विश्वमा इथियोपियाको स्थानलाई उकास्ने कुरामा जोड दिनुभयो।


