चीनले सुधार तथा खुलापनबाट बसन्ते कथा जारी राख्ने
2023-12-17 17:03:29CRI
Share with:

४५ वर्षअघि सन् १९७८ को डिसेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको ११ औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका अवसरमा चीनले सुधार र खुलापनको ऐतिहासिक यात्रा सुरु गरेको थियो। त्यति बेलादेखि, सुधार र खुलापनको वसन्ते हावाले चीनको विकासको पौराणिक कथाको पाना पल्टाइरहेको छ।

चीनको सुधार र खुलापनबाट विश्वलाई के फाइदा भएको छ?

पहिलो, चीन नै विश्व अर्थव्यवस्थाको विकासका लागि एक नयाँ प्रेरक शक्ति बनेको छ। चीन विश्वको कुल जनसंख्याको लगभग पाँचौं भागमध्येको एक भएको अर्थव्यवस्था हो। विगत ४५ वर्षमा, विशेष गरी वितेका १० वर्षमा, चीनले विश्व स्तरीय व्यावसायिक वातावरण सिर्जना गरेको छ र अन्तर्राष्ट्रिय क्षेत्रमा पूँजी प्रवाहको वैज्ञानिक संचालनका लागि सहयोग तथा समर्थन दिइरहेको छ।

हालसम्म चीनले प्रस्तुत गरेको बेल्ट एण्ड रोड अवधारणामा विश्वका १५० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनहरूको सहभागिता छ। सम्बद्ध मुलुकहरूमा पूर्वाधार निर्माण क्रमशः सुधार भएको छ। कृषि, ऊर्जा, मानवीय सहयोग, स्वास्थ्य, वित्त, विज्ञान र प्रविधि लगायतका क्षेत्रहरूलाई ओगट्ने बीआरआई परियोजनाहरूबाट सम्बद्ध देश र क्षेत्रका जनतालाई वस्तुगत फाइदा प्रदान गरिराखेको छ।

चीनले क्रमिक रूपमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो जस्ता ठूला अन्तर्राष्ट्रिय एक्स्पोहरू आयोजना गरिरहेको छ। चीनले बहुपक्षीय सहयोग संयन्त्रहरूको संरक्षण गर्दै विश्वव्यापी र क्षेत्रीय आर्थिक विकासको जगलाई स्थिर बनाएको छ जसबाट आर्थिक विश्वव्यापीकरण र क्षेत्रीय एकीकरणको प्रक्रियालाई अघि बढाइरहेको छ।

दोस्रो, मानवजातिको आधुनिकीकरण विकासका लागि नयाँ बाटो चीनले खोलेको छ। आधुनिकीकरणलाई साकार पार्नु नै विश्वका विभिन्न देशका मानिसहरूको साझा प्रयास हो। सुधार र खुलापनबाट चीनले आफ्ना उत्पादक शक्तिलाई मुक्त र विकसित गरेको छ अनि बिस्तारै चिनियाँ शैलीको आधुनिकीकरणको मार्गमा अघि बढिरहेको छ। चिनियाँ शैलीको आधुनिकीकरणले विकासोन्मुख देशहरूका लागि आधुनिकीकरणको मार्ग फराकिलो बनाएको छ र विश्वमा अझ बढी देशहरूका लागि नयाँ सन्दर्भ र छनौट प्रदान गरेको छ।

तेस्रो, विश्वव्यापी शासनव्यवस्था प्रणालीको विकास तथा सुधारलाई बढाइरहेको छ। हिजोआज मानवजातिको भविष्य र भाग्य फेरि एकपटक दोबाटोमा आइपुग्यो। यही वर्षको मार्चमा चीनको तत्वावधान र प्रयासमा साउदी अरेबिया र इरानले दौत्य सम्बन्ध पुनर्स्थापना गर्ने निर्णय गरे। जसले गर्दा विश्व शान्ति र विकासमा आशा ल्याइएको छ।

सय वर्षमा विश्वमा अभूतपूर्व भएका ठूला परिवर्तनहरूको सामना गर्दै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मानवजातिको संयुक्त भाग्य समुदाय निर्माण गर्ने अवधारणालाई रचनात्मक रूपमा अगाडि सारी विश्वको भविष्य तथा विकासको दिशा देखाउनुभएको छ। उहाँले बारम्बार जोड दिँदै भन्नुभयो कि चीनको खुलापन ढोका फराकिलो हुँदै जाने छ र यसले उच्च गुणस्तरीय विकासले चिनियाँ शैलीको आधुनिकीकरणलाई व्यापक रूपमा अघि बढाउँदै जानेछ। यसै क्रममा विभिन्न देशहरू बीचको खुलापन र सहयोगका लागि नयाँ अवसरहरू प्रदान गर्दै जानेछ।

सुधार तथा खुलापन, चीनको दोस्रो क्रान्ति मानिन्छ जसबाट चीनलाई गहन रूपमा परिवर्तन गरेको मात्र होइन, विश्वमा गहिरो प्रभाव पारिरहेको छ। उच्च गुणस्तरिय विकासमार्फत् चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने नयाँ यात्रामा, चीनले सुधारलाई गहन पार्दै थप "वसन्ते कथाहरू" लेख्दै जाने छ।