चीनबाट प्रस्तुत विश्वको पहिलो बहुपक्षीय लगानी सम्झौतालाई व्यापक समर्थन
2023-12-17 16:30:58CRI
Share with:

हालै सम्पन्न विश्व व्यापार संगठनको महासभामा 'विकासका लागि लगानी सहजीकरण सम्झौता'को अन्तिम  खेस्राको कानुनी पुनरावलोकन पूरा भएको घोषणा चीन लगायत विश्व व्यापार संगठनका करिब १२० सदस्य राष्ट्रले गरेका छन्। साथै उक्त सम्झौतालाई विश्व व्यापार संगठनको कानुनी प्रारूपमा समावेश गराउने आवश्यक प्रक्रिया यथाशीघ्र पूरा गर्न आह्वान पनि सबै सदस्य राष्ट्रलाई गरेका छन्। 

विश्व व्यापार संगठनका लागि चीनका आवासीय प्रतिनिधि ली छङकाङले उक्त बैठकमा सम्बोधन गर्दै 'विकासका लागि लगानी सहजीकरण सम्झौता' विकासको मूल विषयको पालना गरिरहेबाट, विश्व व्यापार संगठनका सदस्यराष्ट्रहरूको लगानीले विकासलाई बढाउने साझा इच्छालाई देखाइएको बताउनुभयो। उहाँले यो विश्व व्यापार संगठनको विकास एजेन्डा अन्तर्गतको महत्वपूर्ण उपलब्धि भएको पनि उल्लेख गर्नुभयो। यो विषय विश्व व्यापार संगठनको वार्ताकार्यलाई पुनर्जीवित पारेकाले विश्व व्यापार संगठनको वार्ता भूमिकाको पुनर्स्थापना गर्ने साथै संगठनले समयसँग तालमेल राख्न हितकर भएको कुरा पनि चिनियाँ प्रतिनिधि लीले बताउनुभयो।

सो बैठकमा कम्बोडिया, लाओस, लाइबेरिया लगायत विश्व व्यापार संगठनका ३० भन्दा बढी सदस्यहरूले सक्रियताका साथ सकारात्मक प्रतिक्रिया जनाउँदै र अन्य अल्पविकसित राष्ट्रहरूले सकारात्मक विचार राखे र सामान्यतया १३ औं विश्व व्यापार संगठनको कानुनी प्रारूपमा समावेश गराउने समर्थन व्यक्त गरेका छन्।

विश्व व्यापार संगठन र सम्बन्धित विकासोन्मुख राष्ट्रमाझ चीनले स्थापना गरी नेतृत्व गरेको पहिलो महत्वपूर्ण विषयसूची हो। उक्त सम्झौता सम्पन्न भएपछि यो विश्वको पहिलो बहुपक्षीय लगानी सम्झौता हुनेछ।