धेरै विदेशी पूँजीबाट संचालित बित्तीय संस्थानहरू चीनको अर्थतन्त्रप्रति आशावादी
2023-12-17 16:37:48CRI
Share with:

हाल धेरै विदेशी पूँजीबाट संचालित बित्तीय संस्थानहरूले सन् २०२४ मा चीनको समष्टिगत अर्थतन्त्रको पूर्वानुमान प्रतिवेदन बेग्ला-बेग्लै रुपमा सार्वजनिक गरेका छन्। विदेशी पूँजीबाट संचालित बित्तीय संस्थानहरूबाट हेर्दा लगानीमा निरन्तर रुपमा बृद्धि हुने छ। उपभोग पुनरुन्थान हुने छ। निर्यात सुध्रिने छ। सन् २०२४ मा चीनको समष्टिगत अर्थतन्त्र पुनरुत्थान हुने छ।

युबीएसले पछिल्लो सार्वजनिक गरेको “सन् २०२४-२०२५ चीनको अर्थतन्त्रको पूर्वानुमान” प्रतिवेदनअनुसार, सन् २०२४ मा चीनको वासिन्दाको वास्तविक आम्दानीमा निरन्तर बृद्धि हुने र उपभोग बढ्ने अनुमान छ।

जी.पी. मोर्गनले सार्वजनिक गरेको “सन् २०२४ को चीनको समष्टिगत अर्थतन्त्रको पूर्वानुमान” अनुसार, सन् २०२४ मा चीनको उपभोगमा निरन्तर रुपमा पुनरुत्थान हुनेछ। 

फिडेलिटी इन्टरनेसनलले यही डिसेम्बर शुरूमा सार्वजनिक गरेको विश्वको लगानी पूर्वानुमान २०२४ अनुसार, चीनको अर्थतन्त्र पुनरुत्थान अवधिमा प्रवेश गरिसकेको छ। चीनले चालु वर्षको जुलाई महिनामा सार्वजनिक गरेका शृङ्खलाबद्ध नीतिहरूबाट प्रारम्भिक फाइदा प्राप्त भएको देखिन्छ। सन् २०२४ मा चीनको समष्टिगत अर्थतन्त्रमा स्थिर बृद्धि हुनेछ।