सी चिनफिङद्वारा कुवेतका अमिर नावाफको निधनप्रति समवेनदना सन्देश
2023-12-17 17:09:27CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर १७ तारिख कुवेतका अमिर नावाफ अल अहमेद अल जाबेर अल साबाहको निधनप्रति दुःख कुवेतका नयाँ अमिर मिशाल अल अहमेद अल जाबेर अल साबाहलाई समवेदना सन्देश पठाउनु भएको छ। सी चिनफिङले चीन सरकार र चिनियाँ जनताको तर्फबाट र व्यक्तिगत रुपमा नावाफको निधनप्रति श्रद्धान्जली व्यक्त गर्दै नावाफका आफन्त र कुवेती जनतालाई हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

सी चिनफिङले नावाफ कुवेतका जनतो माया जितेका नेता भन्दै उहाँले चीन कुवेतको सम्बन्धको विकासका लागि सकारात्मक योगदान दिनुभएको कुरा समवेदना सन्देशमा उल्लेख गर्नु भएको छ। सीले चीन सरकार र चिनियाँ जनताले चीन र कुवेतको मित्रतामा महत्व दिएको व्यक्त गर्नुका साथै दुई पक्षको साझा प्रयासमा चीन र कुवेतको रणनीतिक साझेदारी सम्बन्ध निरन्तर रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ।

सोही दिन चीनका प्रधानमन्त्री ली छ्याङले नावाफको निधनप्रति कुवेतका प्रधानमन्त्री अहमेद नावाफ अहमेद अल साबाहलाई  समवेदना सन्देश पठाउनु भएको छ।